नापतौल शिविरमा ३ सय ७७ जनाले सेवा लिए

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको नाप तौल शिविरमा ३ सय ७७ जनाले सेवा लिएका छन् । गत शुक्रबारबाट आयोजना गरिएको शिविरमा ३ सय ७७ जनाले सेवा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।
नाप तौल शिविरमा व्यवसायीहरूले आफ्ना ढक, तराजु, मिटरको चेक जाँच गराएका थिए । जिल्लामा नाप तौलको कार्यालय नहुँदा व्यवसायीहरूलाई नेपागन्ज जानुपर्ने बाध्यता भएकाले व्यवसायीहरूलाई सहज सेवा दिनका लागि उद्योग वाणिज्य संघले शिविरको आयोजना गरेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बुढाकोकीले बताए । ‘हामीले व्यवसायीहरूलाई सहज सेवा दिने उद्देश्यले यस प्रकारको शिविरको आयोजना गरेका हांै,’ अध्यक्ष बुढाथोकीले भने । लामो समयको प्रयास पछि दाङमा नाप तौलको सिवीर सञ्चालन गरिएको उनको भनाइ रहेको छ । शिविरमा नाप, तौलका वस्तु परीक्षण गर्न पाएपछि उनीहरूलाइ नेपागञ्जसम्म जाने समय तथा आर्थिक समेत बचत भएको बुढाथोकीले बताए ।
शिविरले व्यवसायीहरूलाई धेरै सहयोग पुगेको उनको भनाइ छ । व्यवसायीहरूको हकहितका लागि स्थापना भएको संस्थाले व्यवसायीहरूलाई सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन लागि परेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । सोही कार्यअनुसार व्यवसायीको सहजताका लागि शिविरको आयोजना गरिएको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघले हरेक २ वर्षमा यस प्रकारको सिवीर सञ्चालन गर्दै आएको संघले जनाएको छ । शिविरमा सुनचाँदी व्यवसायी, गल्ला व्यवसायी, मिल व्यवसायी, काँचो कपडा व्यवसायी, हाडवेयर व्यवसायीहरूले सेवा लिएको अध्यक्ष बुढाथोकीले बताए । समय मै ढक, तराजु, तथा मिटर परीक्षण नगराउँदा व्यवसायहरूले जरीवना तथा कैद सम्म हुने कानुनी व्यवस्था छ ।
तर, चेक जाँचका लागि साविक राप्तीका कुनै पनि जिल्लामा यसको कार्यालय रहेको छैन ।
नाप तौलको कार्यालय दाङमा स्थापना गर्नका लागि संघले लामो समयदेखि पहलसमेत थाल्दै आएको अध्यक्ष बुढाथोकीको भनाइ छ । ‘शिविर सञ्चालन गर्नेका लागि पटक–पटक पहल गरे पनि गुणस्तर तथा नाप तौल कार्यालयल नेपालगञ्ज जन शक्तिको समस्याले गर्दा ढिला भएको हो,’ अध्यक्ष वुढाथोकीले भने । नाप तौलको कार्यालय सवै स्थानीय तहमा नभए जिल्लामा तहमा आवश्यक रहेको उनको भनाइ छ । ‘व्यवसायीहरूलाई सहजता प्रदान गर्न स्थानिय सरकारले ध्यान दिन आवस्यक रहेको छ,’ अध्यक्ष बुढाथोकीले भने । सिवीर सञ्चालन गर्नका लागि नाप तौल कार्यालय नेपालगञ्ज बाट ४ सदस्यीय एक टोली जिल्लामा आएर सेवा दिएकोे थियो ।