स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह «

स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह


नेपाल उद्योग परिसंघले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वको टोलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेलसँग छलफल गरेको हो । मन्त्री पौडेलले परिसंघले सञ्चालन गरेको अभियानमा निजी क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने बताए ।
अध्यक्ष मोरले अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहितका कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताए । यस अभियानमा सरकाले स्वमित्व बोध गरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताए ।
यस्तै परिसंघले सोमबार नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग पनि छलफल गरेको छ । मन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्