उवासंघ बिर्तामोडमा शिवाकोटी र भट्टराई बीच टक्कर «

उवासंघ बिर्तामोडमा शिवाकोटी र भट्टराई बीच टक्कर

झापा-पूर्वको प्रमुख व्यापारीक केन्द्र बिर्तामोड यतिबेला उद्योग वाणिज्य संघको निर्वाचनले तातेको छ । व्यवसायिक तथा आर्थिक दृष्टिकोणले पूर्वकै प्रमुख व्यापारीक हब मानिने बिर्तामोड र उवासंघ बिर्तामोडको निर्वाचन सबैको चासोको विषय बनेको छ ।
निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । फागुन १६ गते हुने मतदानका लागि लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट प्रकाश शिवाकोटी र संयुक्त व्यवसायी प्यानलको तर्फबाट सुवास भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । बन्द–हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान –सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान भन्ने नाराका साथ चुनावमा गएको अध्यक्ष पदका प्रत्याशी शिवाकोटी बताउँछन् ।
लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका बिर्तामोड–५ का स्थायी बासिन्दा शिवाकोटी वर्तमान बिर्तामोड उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष हुन् । उनले शिवाकोटी ट्रेडर्स सञ्चालन साथै खाद्यन्य र अटो मोवाइल्स सम्वन्धि व्यवसाय सञ्चालन गर्दै आएका छन् । २०६३ सालबाट व्यवसाय शुरु गरेका उनले व्यवसायलाई निरन्तरता दिएका छन् ।
देश भरका उद्योगी व्यवसायीका समस्यालाई गहन रुपमा अध्ययन गर्दै सबैलाई सहज रुपमा व्यवाय सञ्चालन गर्ने वातावरणको निर्माण गर्ने उनको लक्ष्य रहेको छ । विभिन्न संघ संस्थाको नेतृत्व गरिसकेका शीवाकोटीको भावी लक्ष्यसमेत सामाजिक काममा नै आफूलाई सर्मपित गर्ने रहेको छ । विश्वका ३२ वटा भन्दा बढी मुलुकको भ्रमण गरेका शिवाकोटीले व्यवसाय सञ्चालनमा विदेशी अनुभव समेत बटुलेका छन् । लण्डन, अस्टे«लिय, सिंगापूर, फ्रान्स, जर्मन लगायतका देशमा पुगेर उनले त्यहाँ गरिने व्यवसायको अनुभव संगालेका छन् ।
सरकारले व्यवसायिक क्षेत्रमा देखिएका समस्या निराकरण गर्नुको सट्टा झन झन समस्या थप्दै गएका कारण व्यवाय सहज रुपमा सञ्चालन गर्न व्यवसायिले नसकेको बताएका छन् । अहिले व्यवसाय सञ्चालन गर्न हरेक क्षेत्रमा समस्या रहेको शिवाकोटीको अनुवभ छ ।
व्यवसाय सञ्चालनमा सम्भावना पनि उत्तिकै दखेका शिवाकोटी महिला उद्यमशीलताको विकास गर्न सामुहिक महिला व्यवसायिक सेन्टर निर्माण गरी महिलाले उत्पादन गरेका मालवस्तुको प्रबद्र्धन र बजारीकरणमा पहल गर्ने जनाउँछन् । विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणबाट धरासायी भएको उद्योग व्यवसायलाई सवल बनाउन आफुले प्रयत्न गर्ने उनको प्रतिबद्धता छ ।
व्यवसायमा ऋण, पान, भ्याट लगायत क्षेत्रमा धेरै समस्या रहेको बताउने शिवाकोटी यसको समाधानका लागि भएपनि आफूले यस पटक विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व हात पार्ने तर्क गर्छन् । उनले आफू अध्यक्षमा निर्वाचि भएपछि व्यवसायीका सारा समस्या हटाएर लैजाने धारणा राखेका छन् । शिवाकोटी बिर्तामोडका सफल युवा व्यवसायिको रुपमासमेत चिनिन्छन् ।
त्यस्तै, संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुवास भट्टराई अलैंची तथा खाद्य किराना व्यवसायमा संलग्न छन् । बिर्तामोड नगरपालिका – ६ का स्थायी वासिन्दा भट्टराई पाँचथर पाथीभरा स्टोर्सका सञ्चालक हुन् । २०६० सालबाट व्यवसायमा प्रवेश गरेका उनी झापा इनर्जी प्रालिको प्रवनध निर्देशक, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेपाल अलौंची व्यवसायी महासंघको महासचिवका रुपमा कार्यरत छन् ।
२०६० सालबाट नै बिर्तामोड उद्योग वाणिज्य संघको तदर्थ समितिमा रहेर महासचिवको जिम्वेवारी सम्हालेका उनले व्यवसाय क्षेत्रमा प्रचुर सम्भावना देखेका छन् भने थोक विक्री तथा खुद्रा बिक्रीमा समस्या, मिसम्याच तथा करमा समस्या, बैंक व्याजको समस्या, खुल्ला नाकाका कारण समेत व्यवसायीलाई समस्या हुने गरेको अनुभव छ । कृषिजन्य वस्तुको मात्रै समस्या हेर्ने हो भने पनि उत्पादन, गुणस्तर र बजारको तालमेल नहुँदा समस्या छ । बिर्तामोड पूर्वी पहाडी जिल्लाको मात्रै ट्रान्जिट पोइन्ट नभएर पश्चिमदेखि भारत भुटानसम्मकै लागि ट्रान्जिट पोइन्ट भएपनि अन्य क्षेत्रबाट भएको सडक विस्तारले बिर्तामोडमा व्यवसायिक चाप विस्तारै घट्दै गएकाले यसको विकल्प खोज्नु वर्तवान आवश्यकता रहेको उनी बताउँछन् ।
व्यवसाय सञ्चालन गर्दा सरकारी, सहकारी र निजी तीन क्षेत्रले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको छ । यसमा एउटा क्षेत्र मात्रै कमजोर भयो भने सरकारको लक्ष्य पूरा हुँदैन । तसर्थ सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न राज्यले व्यवसायिक निजी वनाएर अघि बढ्नु पर्ने उनको धारण छ । भट्टराईले आफू अध्यक्षमा निर्वाचित भएपनि नभएपनि व्यवसायिको हक हित र सहज व्यवसाय सञ्चालनको लागि हरदम व्यवसायीकै पक्षमा लाग्ने अठोट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्