युवा नेता चौधरीको हत्या «

युवा नेता चौधरीको हत्या

कपिलवस्तु- गोली प्रहारबाट शुद्धोधन गाउँपालिका वडा नं। ४ मोतीभारीका स्थानीय युवा नेता ३० वर्षीय राजाबाबु भन्ने दीपेन्द्रकुमार चौधरीको हत्या भएको छ । प्रदेशसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं। १ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवार रहेका युवा नेता चौधरीको उनकै घर किनारमा गोली हानी हत्या भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।
३ जनाको समूहमा रहेका व्यक्तिहरुको गोली प्रहारबाट टाउकोमा गोली लागि गम्भीर घाइते भएका उनको उपचार गराउन भैरहवा लैजाँदै गर्दा मृत्यु भएको हो । घटनालगत्तै प्रहरी उपरीक्षक अच्युतम पुडासैनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । गोली हान्ने व्यक्तिहरुको पहिचान भइसकेको र चाँडै प्रहरी नियन्त्रणमा आउने प्रहरी उपरीक्षक पुडासैनीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्