एक करोडमा गाँउपालिकाको सुविधासम्पन्न भवन «

एक करोडमा गाँउपालिकाको सुविधासम्पन्न भवन

मुगु- एक नगरपालिका र तीन वटा गाँउपालिकासहित चार वटा स्थानीय तह रहेको हिमाली जिल्ला मुगुमा रहेको मुगमकामारोङ गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको छ । ९९ लाख रुपैयाँको लागतमा उक्त सुविधासम्पन्न भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ८१ लाख रुपैयाँ र बाँकी स्थानीयको जनश्रमदानबाट उक्त भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।
यता खत्याड गाँउपालिकाले राउडि बजारमा गाउँपालिकाको केन्द्र तोकी कार्यालय भवन निर्माण गरिरहेको छ । छायाँनाथ रारा नगरपालिकाले गमगढी बजारमा कार्यालय भवन निर्माणको प्रक्रिया सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्