रिलायबल नेपाल लाइफको सामूहिक म्यादी जीवन बिमा योजना «

रिलायबल नेपाल लाइफको सामूहिक म्यादी जीवन बिमा योजना

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न संघ–संस्था एवं सरकारी कार्यालयका कर्मचारीहरूलाई लक्षित गरी नयाँ म्यादी जीवन बिमा योजना ‘रिलायबल सामूहिक म्यादि जीवन बिमा योजना’ ल्याएको छ । यो बिमा योजनाले श्रम ऐन, २०७४ मा उल्लेख भए अनुसारको कर्मचारीहरूको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा र १ लाख रुपैयाँबराबरको मेडिकल बीमाको जोखिम बहन गर्नेछ ।
यस कम्पनीले व्यक्ति तथा संस्था सुहाउँदो विभिन्न किसिमको नयाँ–नयाँ जीवन बिमा योजनाहरूलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो दह्रो उपस्थिति जनाउने लक्ष्य लिएको छ । इन्स्योरेन्सले सामूहिक म्यादी जीवन बिमासहित हालसम्म विभिन्न १३ प्रकारका जीवन बिमा योजनाहरू बिक्री गरिरहेको छ । कम्पनीको हाल ६० वटा शाखा÷उपशाखा÷तथा एजेन्सी कार्यालयहरूबाट बिमालेख बिक्री गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्