Logo

इन्धन चोरी गर्ने ट्यांकर कारबाहीमा


नेपाल आयल निगमले नेपालबाट भारततर्फ इन्धन चोरी निकासी गर्ने ट्यांकरलाई कारबाही गरेको छ ।
निगमको पेट्रोलियम पदार्थ ढुवानी सम्झौता बमोजिम ढुवानीकर्ता जय गौरीशंखर ढुवानी सेवा प्रालिको नाममा रहेको ना.७ ख १५११ नम्बरको ट्यांकरले आइतबार राति अनधिकृतरुपमा भारततर्फ निकासी गर्न लागेको फेला परेपछि कारबाही गरिएको हो ।
श्री श्वेता आयल सेन्टर जगनाथपुर पर्साबाट आइतबार राति अनाधिकृतरुपमा ट्यांकरको चेम्बर फ्युल ट्यांरकमा गरी १३६० लिटर डिजेल भारततर्फ निकासी गर्ने उद्देश्यले लैजाँदै गरेको फेला परेपछि ट्यांकर नियन्त्रणमा लिई कारबाही गरेको निगमले जानकारी दिएको छ ।
डिजेल भरेको पम्पलाई शिल गरी कारबाही प्रक्रिया अगाडि बढाइएको निगमले जानकारी दिएको छ । निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार चोरीमा संलग्न ट्यांकरमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको निगमले जानकारी दिएको छ ।
चोरीमा संलग्न ट्यांकरले ६ देखि १ वर्षसम्म तेल बोक्न नपाइने विनियमावलीमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्