Logo

हिमाली जिल्लामा हिमपातले जनजीवन प्रभावित

मनाङमा भारी हिमपात भएको छ । मनाङसहित देशका अधिकांश हिमाली जिल्लामा हिमपात भएको जनाइएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष केही ढिला हिमपात भएको छ । मनाङमा आइतबारबाट हिमपात भएको र दिउँसोको तापक्रम माइनस १६ डिग्री सेल्सियस छ भने मध्यरातको तापक्रम माइनस २२ देखि माइनस २७ डिग्री सेल्सियससम्म पुगेको छ । पानी जम्दा खानेपानीको समेत समस्या भएको छ । पानीमा बरफ जम्दा त्यसको असर विद्युत्मा पनि देखिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाबाहिर रहेका स्थानीयहरू गत महिना मतदान गर्न आएका थिए । हिमपातसँगै उनीहरू पुनः जिल्ला बाहिरिएका छन् । करिब ७५ प्रतिशत स्थानीय जाडो छल्नको लागि काठमाडौं, पोखरा, नारायणणघाट लगायत अन्य सहर जाने गर्दछन् । हिउँ परेसँगै चिसो बढेसँगै स्थानीयहरू मात्रै होइन, यहाँका कर्मचारीसमेत जाडो छल्न तल झर्ने गर्छन् । कार्यालयमा एकदुई जना कुरुवा राखेर अन्य कर्मचारी घर जान्छन् ।
व्यापारी तथा होटल व्यवसायीले घरमा कुरुवा राखेर जाडो छल्न जाने गर्छन् । यस्तै, भेडीगोठमा राखिएका भेडा, च्याङ्ग्रा तथा अन्य घरपालुवा तथा याक, तथा चौंरीलाई तीन महिनाको लागि गोठ नै सार्ने परम्परा नै हो । स्थानीयहरूले लेक र बेंसीमा गरी दुईवटा गोठ बनाउँछन् । वस्तुभाउलाई मकै, करुजस्ता बालीका ढोड, नललगायत खुवाउने गरिन्छ । मनाङको जैविक विविधताले यहाँको शिक्षा नियमावली पनि फरक छ । फागुन १ गतेबाट विद्यालय भर्ना गरी विद्यालय सञ्चालनमा आउँछन् भने भने मंसिर ३० गतेभित्रै अन्तिम परीक्षा सञ्चालन गरी वार्षिक परिक्षाफल प्रकाशन गरेर शिक्षक, विद्यार्थी बिदावारी हुन्छन् । पुस र माघमा अति जाडो भएकोले यस्तो नियम बनाइएको सदरमुकाम चामेस्थित लोकप्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक सुरेशकुमार थापाले बताए । उनले २ महिना जिल्लाका माथिल्लो भेगहरू सुनसान हुने बताए । हिमपातको समयमा कुनै पनि काम गर्न नसकिने उनले बताए ।
जाडो मौसममा पर्यटक पनि आउँदैनन् । हिमपातले सवारी साधन चल्न नसक्ने भएकोले खाद्य तथा तरकारीमा मूल्य पनि वृद्धि हुने गरेको छ ।
यस्तै, दार्चुला संवाददाता कृष्णसिंह धामीका अुनसार दार्चुलाको अपी हिमाल, नौगाढ, व्याँस र दुहुँ गाउँपालिकाको उच्च भेगहरूमा हिमपात सुरु भएको छ । तर त्यहाँ मानवीय वस्ती नभएको हिऊँ असर परिसकेको छैन तर वातावरणमा हिऊँले राम्रो प्रभाव पारेको छ । व्यास–१ को छाङ्रु र तिङ्कर गाउँमा बस्ने व्याँसी सौका समुदाय भने हिमपातले कात्र्तिक अन्तिम साता सदरमुकाम खलंगा झरेका छन् । उनीहरू ६ महिना गाउँमा र ६ महिना सदरमुकाममा बस्ने गर्छन् ।
मुगु संवाददाता दानबहादुर बुढाका अनुसार मुगुमा मंसिरमा नै हिमपात पर्ने भए पनि अहिलेसम्म परेको छैन । यहाँका मुगमकारमारङ गाउँपालिकाको मुगु गाउँ, चितै, डोेल्फु, वाङ्री, पुलु, माङ्री, मह बस्ती, सोरु गाउँपाालिकाको सोरुकोट, नाथ्रर्पु, सिप, रारा, कच्चे, कालै, रुम, भिइ, ख्याल्चमा र खत्याडगाउँपालिकाको सेरी, श्रीकोट, खमाले, कोटडाँडा, ह्याङलुमा बर्सेनि हिउँ पर्छ । यस्तै, छायाँनाथ रारा नगरपालिका पिना, कार्कीवडा, रुगा, श्रीनगरमा पनि हिउँ पर्ने पर्छ । हिमपातमा मुगमकारमाङका मानिस मात्रै घर झोड्छन् भने अन्यस्थानका भने आफ्नै घरमा बस्छन् ।

नेगम-कृष्णसिंह-दानबहादुर

प्रतिक्रिया दिनुहोस्