राष्ट्रिय जनगणना, २०७८ मा कुशवाहा समुदायको चासो ! «

राष्ट्रिय जनगणना, २०७८ मा कुशवाहा समुदायको चासो !

राधेश्याम कुशवाहा
सर्लाही-
कोइरी जातिले आफ्नो नाममा विभिन्न थरको प्रयोग गर्दै आएको भए पनि राष्ट्रिय जनगणना, २०७८ मा जात र जातिमा कोइरी वा कुशवाहा मात्र लेखाउने निर्णय गरेको छ ।
नेपालमा कोइरी कुशवाहाको कुल जनसंख्या १० लाखभन्दा बढी रहेको नेपाल कुशवाहा कल्याण समाजले दाबी गरे पनि २०६८ सालको जनगाणा अनुसार नेपालको कुशवाहाको कुल संख्या ३ लाख ६ हजार ३ सय ९३ छन् जुन नेपालको कुल जनसंख्याको १.१६५ प्रतिशत छन् ।
मधेसमा यादव, मुस्लिम र तेलीपछि सबैभन्दा बढी बाहुल्यता भएका जाति भए पनि समुदाय शिक्षा, चेतना र राजनीतिक क्षेत्रमा भएको सीमित जातिको वचस्र्वका कारण राजनीतिक, सामाजिक, आर्थिक रूपले कुशवाहा समाज अफ पनि धेरै पछाडि छन् ।
यसअघिको राष्ट्रिय जनगणनामा कोइरी जातिले थरअनुसार जातजाती लेखाउने गरेकोले कोइरी जातीको वास्तविक संख्या र पहिचान खुल्न नसकेको ठहर गर्दै राष्ट्रिय जनगणना, २०७८ मा जातजातीको महलमा कोइरी वा कुशवाहा र सर्लाही जिल्लाको हकमा भाषा र मातृभाषाको महलमा मगही वा बाञ्जिका मात्र लेखाउने निर्णय गरेको छ ।
यसबाट कोइरी समुदायको वास्तविक संख्या र पहिचान खुल्ने विश्वास गरिएको छ । यसका लागि क्षेत्र, पालिका हुँदै वडा स्तरमा जनजागरण अभियान सञ्चालन गर्ने समाजले निर्णय गरेको छ ।

नेपालको तराई तथा भित्री मधेसमा सबैभन्दा बसाई रहेको कुशवाहा समाजमा मानिसहरूले प्रयोग गर्ने विभिन्न थरका कारण पनि नेपालमा कुशवाहाको संख्या कम हुन गएको कुशवाहा अगुवाहरूको कथन छन् । मधेसमा कुशवाहा समाजका मानिसहरू कोइरी, महतो, सिंह, भगत लगायतका थर प्रयोग गर्नेका कारण कुशवाहा समाजको वास्तविक संख्या को गणना हुन नसकेको जानकारहरूका कथन छन् ।
अल्पसंख्यक समुदायअन्तर्गत पर्ने कुशवाहा(कोइरी) जातिको संगठन नेपाल कुशवाहा कल्याण समाजले कुशवाहा जातिलाई अगाडि बढ्न राजनीति सहभागिताको खाँचो रहेको सुनिल कुशवाहाले बताए ।
घोषित संविधानमा सम्मानित रूपमा कुशवाहा जातिको पनि पहिचान हुनुपर्ने थियो तर कुशवाहा समुदायसंग राज्य वैमानी गरेकोे बताए । कुशवाहा समाजको हकहित तथा विकासको लागि एकताका साथ अगाडि बढ्नु पर्नेमा जोड दिइएको छ ।
अधिकार दिन कुशवाहाहरू एक जुट भई अघि बढ्नु पर्ने औंल्याएका छन् । उनले भने,‘कुशवाहा समाजलाई अगाडी बढाउन कुशवाहा समाजमा रहको कुरुतीलाई हटाउनुपर्छ । यसका लागि कुशवाहा समाजलाई नेतृत्व गर्ने सक्षम नेतृत्व पंक्तिको आवश्यक छ ।’ नेपालको राजनीतिमा कुशवाहारुको हिस्सेदारीमा पहुँचको आवश्यकता रहेको ठहर गरे । उनले भने, ‘राजनीति पहुँचमा कुशवाहा नहुँदा यिनको पहिचान संकटमा छ । गाउँ—गाउँबाट राजनीतिक चेतनासहित राजनीतिमा कुशवाहरू सक्रिय बन्नुपर्ने आजको आवश्यकता छ ।’
कुशवाहा समाजमा राजनीतिक सचेतनामूलक जनजागर कार्यक्रमको आवश्य रहेको बताए । ‘राज्यको हरेक निकायमा पुग्न राजनीतिक रुपमै कुशवाहा समाजको हिसादारीको आवज उठाउनुपर्छ,’ उनले भने, ‘कुशवाहाहरूको जनसंख्याको आधारमा हरेक निकायमा समावेशी समानुपातिक प्रतिनीधित्व राज्यले ग्यारेन्टी गर्नुपर्छ ।’
कुशवाहा खेतीहर(कृषि कर्म गर्ने ) जाति भएकाले सरकारले सहुलियत दरमा ऋणको व्यस्था गर्नुपर्नेमा शिक्षाप्रेमी समाजसेवी रामचन्द्र महतोले जोड दिँदै भने, ‘कुशवाहालाई अगाडी बढाउन मोहर लगाउने सबालमा एक पटक सोचेर मोहर लगाउन सबैमा कुशवाहामा आग्रह गरेको बताए ।
कुशवाहालाई चुनावमा जिताउन कुशबाहाले सहयोग नगरेको कारण संविधान सभामा कुशवाहाको अधिकारको चर्चा भएको छैन ।’ कुशवाहा समाज नयाँ सोंच सहितमिसन र भिजनका साथ कुशवाहा समाजका नेतृत्वहरू अघि बढ्नुपर्छ ।’

कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्य समिति, सर्लाहीका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता, प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाको प्रमुख आतिथ्यता भएको कार्यक्रमको सञ्चालन भरतलाल महतोले गरे ।

प्रतिक्रिया दिनुहोस्