कृषि प्राविधिक पढेर व्यावसायिक तरकारी खेतीमा «

कृषि प्राविधिक पढेर व्यावसायिक तरकारी खेतीमा


अछामका कृषकहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका युवा कृषकहरु कृषि पेशाबाट मनग्य आम्दानी हुन थालेपछि विस्तार विस्तारै आत्मानिर्भर बन्दै गएका हुन् । ‘परिश्रम गरे ढुङ्गामा पनि सुन फलाउन सकिन्छ’ भन्ने नेपाली उखानको अर्थ, व्यवहार मै पुष्टि गर्न सफल भएका छन् पञ्चदेवल बिनायक नगरपालिका–३ कुरीपाटा निवासी युवा जनक अधिकारी । उनी एक वर्षदेखि कृषि पेशामा संलग्न छन् ।
कृषिमा प्राबिधिक शिक्षा पूरा गरेपनि आफूले खोजेको समयमा शैक्षिक योग्यता अनुसारको काम नपाएपछि कृषि पेशा अंगाले । व्यावसायिक कृषि पेशामा लागेका उनले हाल एक सिजनमा पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
एउटा प्लाष्टिक टनेलबाट सुरु गरिएको तरकारी खेतीमा अहिले १०-१२ वटा प्लाष्टिक टनेल रहेका छन् । विषादीरहित तरकारी उत्पादनमा जोड दिई युवाहरुलाई व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आर्कषण गराउन आफू लागिपरेको उनले बताए । ताजा तरकारीसहित पछिल्लो समयमा उत्पादन गरी सम्पूर्ण कृषकलाई सस्तो र राम्रो बिउ उपलब्ध गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्