निःशुल्क व्यावसायिक तालिम दिइने «

निःशुल्क व्यावसायिक तालिम दिइने

पोखरा– नेपालमा गुणस्तरिय दक्ष जनशक्ति उपादन हुने गरी लक्षित व्यक्तिहरुका लागि अन्तर्राष्ट्रियस्तरको तालिम पोखरा र चितवनमा सञ्चालन हुने भएको छ । तालिम प्रदाय संस्था ब्रिलियण्ट म्यानपावर टे«निङ सेन्टरले नेपालमै पहिलो पटक युरोपियन युनियनको आर्थिक सहयोगमा सरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा लक्षित व्यक्तिहरुका लागि पोखरा र चितवनमा ६ महिने सैद्धान्तिक तथा व्यहवहारिक ज्ञानसहितको तालिम दिने भएको कार्यक्रम संयोजक सुदिप पोखरेलले बताए ।
आर्थिक अवस्था निकै कमजोर भएका तर सीप सिक्न चाहेका, गरिब, दलित, महिला, पछि परेका, सीपको अभावमा आफ्नो क्षमता वृद्धि गर्न नपाएकाहरुका लागि स्थानीय तह र निजी क्षेत्रका व्यावसायिक संघ संस्थासँगको सहकार्यमा तालिममा सहभागी हुनेलाई छनौट गरिने भएको संयोजक पोखरेलले बताए । कोभिड–१९ को कारण हाल आफूहरुले पहिलो चरणमा पोखरामा ६० र चितवनमा ४० जनाबाट तालिम दिने गर्ने तयारी गरिएको संयोजक पोखरेलले जनाए । पोखरामा करिब १ सय ६० जना चितवनको सौराहमा ८० जना र होमस्टे लमजुङको गिलुङ, तनहुँको तीन धराहरा र कास्की पोखराको काहुँ धराहरामा गरी ६० जनालाई तालिम दिने तयारी गरिएको आयोजकले जनाएको छ ।
कुक, वेटर÷वेट्रेस, हाउसकीपिङ र फ्रन्ट अफिस रिसेप्सनिष्ट सम्बन्धित ४ वटा विधामा तालिम प्रदान गरिने छ । तालिम पपछि सिटिइभिटीबाट मान्यता प्राप्त हुने गरी लेवल वानको प्रमाणपत्र पाउने भएका छन् । परियोजनाका लागि संस्थाले करिब २ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्