मर्चेन्ट बैंकरको परामर्श दिन अनुमति

नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) सञ्चालनको लागि अनुमति प्रदान गरेको छ । नयाँ बानेश्वर मुख्य कार्यालय रहेको सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाललाई बोर्डले मर्चेन्ट बैंकरको रुपमा संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्रदान गरेको हो ।
संस्थाले पुँजी निर्माण तथा संगठित संस्थाको संरचना हेरफेर, व्यावसायिक योजना निर्माण, लोन सिण्डिकेसन, भेन्चर क्यापिटल, वर्किङ क्यापिटल फाइनान्सिङ, प्राइभेट इक्विटी, हेज फण्डलगायत कोष सञ्चालन, सम्पति व्यवस्थापन तथा मुल्यांकनको परामर्श सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
हाल संस्थाको चुक्ता पुँजी ३ करोड ७ लाख रुपैयाँ रहेको छ भने मर्चेन्ट बैंकरहरुमध्ये संस्थागत परामर्शदाताको रुपमा मात्र विशिष्ट सेवा प्रदान गर्ने पहिलो कम्पनीको रुपमा बोर्डले लाइसेन्स दिएको हो । संस्थाले दक्ष चार्टर्ड एकाउन्टेन्ट, बिजनेस एनालिस्ट एवम् सम्बन्धित विषयका विज्ञ परामर्शदाताहरु नियुक्ति गरेको र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने जानकारी कम्पनीले दिएको छ ।