आगलागी हुँदा डेढ हेक्टर सामुदायिक वनमा क्षति «

आगलागी हुँदा डेढ हेक्टर सामुदायिक वनमा क्षति

जुम्लाको एक सामुदायिक वनमा आगालगी हुँदा डेढ हेक्टर वनक्षेत्रमा क्षति भएको छ । चन्दननाथ नगरपालिका–४ मालाभिडस्थित सिद्धि बिनायक सामुदायिक वनमा मंगलबार दिउँसो १२ बजे आगलागी हुँदा डेढ हेक्टर वन क्षेत्रमा क्षति भएको हो । स्याउला सोत्तर ल्याउन वनमा गएका महिलाहरूको लापरबाहीले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तथा वन कार्यालयका कर्मचारीको सहभागितामा आगालगी नियन्त्रण भएको सिद्धि विनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिम्खाडाले बताए । उनका अनुसार वनमा आगलागी हुँदा साना तथा ठूला सयौं रूख विरुवा जलेर नष्ट भएका छन् भने समयमै पुगेको नेपाली सेना, प्रहरी तथा स्थानीयको सहयोगका कारण ठूलो क्षती हुनबाट जोगिएको सचिव सिम्खाडाको भनाइ छ ।
सचिव सिम्खाडाका अनुसार सिद्धि विनायक सामुदायिक वनका डेढ हेक्टर सामुदायिक वनमा आगलागी हुँदा करिब १५ सयदेखि २ हजारसम्म साना बिरुवा तथा ठूला रूखलाई असर परेको छ । साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पारेको स्थानीयले बताएका छन् । ठुला रुख जलेर नष्ट नभएपनि सुक्ने समस्या हुने स्थानीयको चिन्ता छ । चाडै वृक्षरोपणको कार्यक्रम गरिन दिनसमेत माग गरेका छन् ।
जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भावना शाहीले आगलागीबाट सामुदादिक वनको डेढ हेक्टर जमिनमा क्षति भएको बताइन् । उनले भनिन्,“डेढ हेक्टर वनमा आगलागी हुँदा देवदियार तथा सल्लाका सयौं साना बिरुवा जलेर नष्ट भएका छन् ।” आगलागी भएको वनमा चाँडै वृक्षरोपण कार्यक्रम गरिने सहायक वन अधिकृत शाहीको भनाइ छ । वन क्षेत्र घट्दै गएको अवस्था वन जंगलको सरंक्षण तथा प्रबद्र्धनमा सबै जुट्नु पर्नेमा जोड दिइन् ।
वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबै सचेत रहन वन कार्याले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्