कोहिनुर प्लाइउड नेपालमा पहिलो नेपाल गुणस्तर चिन्ह «

कोहिनुर प्लाइउड नेपालमा पहिलो नेपाल गुणस्तर चिन्ह

काठमाडौं- विगत ५ वर्षदेखि विभिन्न प्रकारका र साइजका गुणस्तरीय प्लाइउडहरू उत्पादन गर्दै आएको कोहिनुर प्लाइउडको उत्पादनले नेपाल गुणस्तर विभागको सम्पूर्ण परीक्षणहरूमा खरो उत्रदै मंगलबार नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै कोहिनुर प्लाइउड नेपालमै प्राप्त गर्ने पहिलो र एकमात्र ब्रान्ड बन्न सफल भएको जनाएको छ । भारतीय स्ट्यान्डर्ड प्रमाणपत्रको छापलागेका प्लाइउडहरू नेपालमा आयात हुने गरेको सन्दर्भमा नेपाली उत्पादनले समेत नेपाल गुणस्तर चिन्हसहित लोगो अंकित भारतीय प्लाइउडलाई नेपाली बजारमा टक्कर दिने निश्चित छ । नेपाल गुणस्तर विभागले काहिनुर प्लाइउडलाई नेपालगुणस्तर चिन्ह नं. ३८ प्रदान गरेको छ ।
नेपाली प्लाइउड बजारका लोकप्रियताको शिखरमा रहेको यस उद्योगले आफ्नो उत्पादनहरूमध्ये कोहिनुर ब्रान्ड(ए.ग्रेड), काइनेटिक ब्रान्ड(बी.ग्रेड),किल्ला ब्रान्ड (बी.ग्रेड),कुशल ब्रान्ड(वि. ग्रेड), जेम ब्रान्ड(बी.ग्रेड) तथा वारियर ब्रान्ड(बी.ग्रेड) मा नेपाल गुणस्तर चिन्ह नं. ३८ को लागि अंकित गर्ने इजाजतप्राप्त गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्