ठेकेदारको कब्जामा खुलामञ्च «

ठेकेदारको कब्जामा खुलामञ्च

बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च विगत दुई वर्षदेखि निर्माण कम्पनीका ठेकेदारको कव्जामा रहेको छ ।
स्थानीय सरकार आएसँंगै सो मञ्चको रेखदेखमा सरोकारवालाले चासो दिएका छैनन् । जिल्लाका ठूला पार्टीका आमसभा सार्वजनिक सुनुवाइ र दिवस मनाइने सो मञ्च हाल ठेकेदार कम्पनीका निर्माण सामग्रीले भरिएको छ । सो क्षेत्रमा नजिकै जिल्ला प्रशासन कार्यालयको भवन र बडिमालिका नगरपालिको भवन निर्माण भइरहेका छन् । ठेकेदारले त्यही ठाउँमा साम्रगी राख्ने गरेको स्थानीयले बताए ।
जिल्ला प्रशासन कार्यालय, बडिमालिका नगरपालिका र जिल्ला समन्वय सभापतिको क्वाटरको बीचमा मञ्च छ, मञ्च अहिले ठेकेदारको कब्जामा हुँदा पनि सरोकारवाला निकाय मुकदर्शक बनेको स्थानीयले आरोप लगाए । सभासम्मेलनसँगै भलिबल खेल्नका लागि मञ्च प्रयोग हुने गरेको थियो । अहिले मञ्च ठेकेदारको कब्जामा हुँदा मञ्च र खुलामञ्च अगाडि रहेका सार्वजनिक शौचालय पनि बेबारिसे बनेका छन् ।
जिल्ला प्रशासन र बडिमालिका नगरपालिकाको भवन निर्माण सामग्री सो मञ्चमा नराखेको दावी दुवै भवन निर्माणका ठेकेदारले बताउदै आएका छन । तर त्यहाँ थुपारेको निर्माण सामग्री कसको हो भन्ने कुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई समेत जानकारी नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी गैह्रेले ठेकेदार थाहा नभएको बताए पनि खुलेआम ठेकेदारले मञ्च कब्जा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्