Logo

उद्योग वाणिज्य संघ धनकुटाको कोरोनाविरुद्ध १ सय ४ वटा कार्यक्रम सञ्चालन

धनकुटा- उद्योग वाणिज्य संघ धनकुटाले कोरोना भाइसर कोभिड–१९ को संक्रमणको जोखिमलाई कम गर्न सरकारले लकडाउन गरेपछि त्यसको सतर्कताको र दैनिक जनजीवनलाई सहज बनाउने र स्वास्थ्य सामग्री वितरण लगायतका कोरोना भाइरसविरुद्ध १ सय ४ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । संघले यो ८ महिनाको अवधिमा विभिन्न प्रचारात्मक सचेतना अभियानदेखि स्वास्थ्य सामग्री, राहत कृषि तथा उद्योगीक सामग्री बिक्री वितरणका लागि सहजीकरण लगायतका काम गरेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।
यो अवधिमा कोरोना भाइरस विरुद्धको अभियानअन्तर्गत प्रचारात्मक सेचना अभियान, स्वास्थ्य सामग्री, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीहरु वितरण, सामाजिक दूरी कायम गर्न डिस्टेण्ड चिन्ह निर्धारणलगायतका १ सय ४ कार्यक्रमहरु सञ्चालन गरेको अध्यक्ष राईको भनाइ छ । संघले ३४ हजार ३ सय ९४ जनालाई विभिन्न प्रकारका राहत वितरण समेत गरेको जनाएको छ साथै विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको कारण गरिएको लकडाउनले संकटमा परेका व्यापारी व्यवसायीलाई सहयोग पुगोस् भन्ने लक्ष्यका साथ उद्योग वाणिज्य संघको समन्वयमा थालिएको घर भाडा छुट अभियानअन्तर्गत धनकुटा जिल्लामा अहिलेसम्म घर भाडा छुट गर्ने घरधनिहरुको संख्या ३ सय २६ पुगेको समेत उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्