केबीसीएफ र वल्र्डलिंकको सहकार्यमा डिजिटल कर्णाली «

केबीसीएफ र वल्र्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले वल्र्डलिंकसँगको सहकार्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापका लागि वल्र्डलिंकसँग सहकार्य गर्ने जनाएको छ ।
वल्र्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठूलो भिन्नतालाई कम गर्न मद्दत पु¥याउने विस्वास लिएको केबीसीएफले जनाएको छ । कोभिड–१९ महामारीकामम कारण अनलाइनको प्रयोग बढ्दै गएकाले पनि आफूहरुको प्रयास सफल हुने केबीसीएफले दावी गरेको छ । विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोगसँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ ।
“यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ” केबीसीएफका अध्यक्ष राधेश पन्तले भने, “यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वल्र्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो ।”
त्यस्तै, वल्र्डलिंकका कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने, “हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समिुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पु¥याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं ।”
दुवै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पु¥याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्