बिदामा आएका श्रमिक कतार फर्कने बाटो खुल्यो «

बिदामा आएका श्रमिक कतार फर्कने बाटो खुल्यो


कोरोना संकटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिइसकेका श्रमिक कतार फर्कने बाटो खुला भएको छ । सामान्यतया श्रम स्वीकृति लिनु भनेको विदेश जान कानुनी रूपमा अधिकार प्राप्त गरिएको मानिए पनि साढे २ महिनादेखि २ हजार युवा कतार जान पाएका थिएनन् । बिदामा आएर विगत ७ महिनादेखि कतार फर्कन नपाएका नेपाली युवाका लागि कतारले प्रवेश सहज बनाएपछि अब भने सहज रूपमा जान पाउने हुन् ।
श्रम स्वीकृति लिए पनि दुई देशबीच लागू गरिएको स्वास्थ्य प्रोटोकलका कारण लगभग २ हजार नेपाली कतार जान पाएका थिएनन् । बिदामा आएका नेपालीलाई पुनः प्रदेश दिनेबारे कतारस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई जानकारी गराइसकेको छ । विभागका निर्देशक टीकाराम नेउपानेले श्रम स्वीकृति लिएर कतार जाने तयारीमा रहेका र विभिन्न कारणले जान नसकेका नेपाली कामदार जान औपचारिक जानकारी आएको बताए । तर, कतार जानुअघि त्यहाँको सरकारले बनाएको प्रवेशसम्बन्धी प्रक्रिया भने पूरा गर्नू पर्ने छ ।
सरकारले बिदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य देशसँग कुटनीतिक पहल नगर्दा विदेश जान पाएका थिएनन् । सरकारले नेपाल फर्कने युवाको संख्या बढदै गएपछि बेरोजगारी समस्या हल गर्न बिदामा आएका श्रमिकका श्रम स्वीकृति खुला गरेको भएपनि कतार, साउदी अरबले भने विभिन्न स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्ने जनाउँदै प्रवेशलाई आंशीक रूपमा रोकेको थियो ।
कोरोना संक्रमणका कारण बिचमा रोकिएको श्रम स्वीकृति सेवा साउनको दोस्रो साताबाट मात्र खुला गरेको थियो । पुन श्रम स्वीकृति बिदामा आएका श्रमिकले प्रक्रिया अनुसार लिनु पर्ने प्रस्तान अनुमती हो । साउनयता श्रम स्वीकृति लिएपनि १ हजार ८ सय भन्दा बढी युवा कतार जाने हवाई सेवा तथा स्वास्थ्य प्रोटोकल पुरा हुन नसकेकपछि जान पाएका थिएनन् ।
श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत केही देशमा भने नेपाली गइरहेको भएपनि कतार फर्कन पाएका थिएनन् । सरकारले विदेशबाट बिदामा फर्कने श्रमिकलाई प्रोत्सहान गर्न लकडाउन अवधीमा नै पुनः श्रम स्वीकृति खुला गरेको भएपनि कोरोना संक्रामण अन्त्य हुन नसकेका कारण वैदेशिक रोजगारीमा जाने प्रक्रिया सहज हुन सकेको थिएन । कतिपय श्रम गन्तव्यले विदेशी श्रमिकका लागि कडा स्वास्थ्य मापदण्ड निर्धारण गरेका कारण पनि बिदामा आएर श्रम स्वीकृति लिएपनि विदेश जान सकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले विगत ४ महिनादेखि रोकिएको श्रम स्वीकृति १८ असारबाट खुला गरेको थियो । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले हालसम्म विभिन्न ३४ भन्दा बढी श्रम गन्तव्यका लागि श्रम स्वीकृति खुला गरेकोमा हालसम्म १२ हजार भन्दा बढीले अनुमति लिएको जनाएको छ ।
पुन श्रम स्वीकृति लिनेमध्ये आधाभन्दा बढी मलेसिया, कतार, साउदी अरब र यूएई लगायतका गन्तव्यमा जाने रहेका छन् । श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी यूएई, कतार र मलेसियाबाट बाट आएका श्रमिक छन । प्रदेश स्तरमा ६ र काठमाडौ १ गरी देशभरका ७ कार्यलयबाट दैनिक १ हजार ५०० लाई श्रम स्वीकृति दिनसक्ने क्षमता भए पनि संकटका कारण सेवा लिने युवाको संख्या न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्