Logo

लेबल मेटाई नयाँ लेबल लगाउने गोदाम सिलबन्दी


उपभोग्य वस्तुको उत्पादन मिति व्याजनं लेखिएको मेटाउने केमिकल र प्रिन्ट गर्ने मेसिन राखी उपभोग्य वस्तुकोमा लेबल मेटाई नयाँ लेबल लगाउने कलंकी स्थित बाबुकृष्ण सापकोटाको गोदाम सिलबन्दी गरिएको छ ।
बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्ष विभाग, महानगरीय अपराध महशाखा र जिल्ला प्रशासन कार्यलय काठमाडौंको संयुक्त अनुगमन टोलीले कलंकी लिंकमार्गमा गोदामका ११ ठाउँमा सिल गरिएको हो ।
अनुगमनका क्रममा ठुलो मात्रामा रहेको स्निकर, चकलेट, प्रिन्गल्सनाम आलु चिप्स, ओरियो विस्कुट, टाङ्ग, तथा युनिलिभर लिमिटेडेका उत्पादनको उत्पादन मिति तथा व्याच नम्बर लेखिएको मेटाउने, केमिकल र प्रिन्ट गर्ने मेसि राखी लेबल मेटाई नयँ लेबल लगाउने गरेको फेला परेपछि गोदाम सिल गरेको विभागले जानकारी दिएको छ ।
यस्तै बाफलमा रहेको आयान डिस्ट्रिव्युर्टर्सको गोदाममा समेत म्याद नाघेका वस्तुहरु ठुलो परिणाममा फेला परेपछि सिल गरिएको तथा निरिक्षण जाँचबुझका क्रममा म्याद नाघेको सामान ढुवानी गदै गरेको अमेजन डिस्ट्रिव्युर्टर्सको भाडाको सवारी साधन नियन्त्रणमा लिनुका साथै सो कम्पनीको गोदाम घर सिल गरिएको विभागले जानकारी दिएको छ । आठ जना व्यक्ति सहित ल्यापटप,सवारी सधान तथा विलविजक नियन्त्रणमा लिएको विभागले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएका मध्ये अनुसन्धानका आधारमा आयात इन्टरनेशनलका व्यवस्थापक रोनक बोथरालाई म्याद थप गरी पाँच दिनका लागि थुनामा राखिएको विभागले जानकारी दिएको छ । यस्तै सोही कम्पनीको मुख्य सञ्चालक पुष्पादेवी अग्रवाललाई एक करोड रुपैयाँ बराबरको एक वर्ष अवधिको बैंक ग्यारेन्टी धरौती वापत जमानत लिई तारेखमा छाडिएको विभागले जानकारी दिएको छ । यस्तो अपराधिक कार्य गर्ने अन्य फर्म एंव व्यक्तिको खोजी जारी रहेको र थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्