नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरमा जाङबु शेर्पा

नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरको नेतृत्वमा जाङबु शेर्पा निर्वाचित भएका छन् । अध्यक्ष शेर्पासहित २३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । यस्तै सिन्धुपाल्चोक च्याप्टरमा अमृतकुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । च्याप्टरले विगतदेखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारीको वर्ग हक हित तथा दुई देशबीच हुने व्यापार सहज बनाउन भूमिका निर्वाह गर्दै आएको छ ।
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीच विद्यमान सुमधुर सम्बन्ध विस्तार एवं आर्थिक तथा व्यापारिक क्रियाकलापमा संघले कार्य गर्दै आइरहेको बताए । हाल कोभिडका कारण नाका सुचारु हुन नसकिरहेको र नाका पूर्णरुपमा सुचारु गर्न विभिन्न सरकारी निकाय, दुवै देशका राजदूतावास, चिनियाँ संघ संस्था, सीसीपिआइटी, तिब्बत सरकारलाई आग्रह गर्दै आइरहेको बताए ।
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरका नव निर्वाचित अध्यक्ष शेर्पाको दुई देशबीच आर्थिक व्यापारिक क्रियाकलाप विस्तार तथा व्यापारी वर्गको हक हितका लागि सदैव लागि पर्ने बताए ।