गाईबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम सुरु «

गाईबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम सुरु

मन्त्री बोहोराद्वारा शिलन्यास
डडेल्धुरा-
प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्डअन्तर्गत गाईबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोराले सडकको शिलन्यास गरेका छन् । उक्त खण्ड निर्माणका लागिगतअसार २८ शर्मा राजेन्द्र जेभी धनगढी कैलालीसँग सम्झौता भइसकेको छ ।
१२ किलोमिटरको उक्त सडकमा नाली सहित ८ मिटर चौडाइ हुनेछ । सडक २०८० असार २७ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको हो । यस योजनाको कुल लागत ३७ करोड ६१ लाख ८९ हजार ९ सय ६ रुपैयाँ छ भने २१ करोड ३६ लाख १ हजार ५ सय २ रुपैयाँमा सम्झौता भएको हो । उक्त खण्डमा शुक्रबारबाट औपचारिक रूपमा काम सुरुवात भएको मन्त्री ९० पैसा भ्याट र पीएस छ । कुल सम्झौता रकम २१ करोड ३६ लाख १ हजार ५ सय रुपैयाँ २८ पैसा मात्र भ्याट र पीएससहित रहेको पूर्वाधर विकास कार्यालयका निमित्त प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।
यस्तै दैजी जोगबुडा चिरकिट्टे बेलापुर ढुंगाड देउरा सडक योजनाका अन्य कामहरूले पनि तिब्रता पाएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहोराले नेतृत्व गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेल्धुरा र पूर्वाधार विकास कार्यालय कञ्चनपुर विभिन्न खण्डमा सडक निर्माणको कामलाई तीब्रता दिएका हुन् । ५० प्रतिशत नेपाल सरकारले ५० प्रतिशत प्रदेश सरकारले बजेट विनियोजित गरी बहुवर्षे योजना अगाडि बढाउनुका साथै ५० आंै पुलहरू प्रस्ताबेगर धमाधम बन्दै गरेको सुदूरपश्चिम प्रदेशका भौतिक विकासमन्त्री पठान सिंह बोहोराले बताए । उनले भने गौरवका प्रदेश गौरवको उक्त योजनामा बिभिन्न खण्ड तथा चरणमा काम भइरहेका छन् । सानो कामका लागि पनि पहिले डडेल्धुरा जिल्ला सदरमुकाम पुग्न एक साता लाग्ने अहिले जनताले छिटो र समयमै घर पुग्ने गरी जनताको भावनालाई बुझेर हामीले यी योजनाहरूमा काम गरिरहेको जानकारी दिए ।
उक्त शिलन्यास कार्यक्रममा बोल्दै परशुराम नगरपालिकाका नेकपा अध्यक्ष शेर सिह मालले यी योजना त आए यसको गुणस्त र समय विधिभित्र सक्नुपर्नेमा निर्माण कम्पनीसँग आफ्नो धारणासमेत राखेका हुन् । योजना त धेरै आए तीन वर्षमा सकिने कामलाई सात वर्षसम्म पनि नसक्ने ठेकदारसँग सम्झौता भएको छ ।
दैजी–लिपना खण्डदैजीलिप्ना सडक खण्डमा १७ कि मि सडक कालोपत्रेका लागि सडक डिविजन कञ्चनपुरले आ.व. २०७४÷७५ मा ठेक्का लगाई काम सुरु गरेको र ०७५÷०७६ मा सो ठेक्का प्रदेश सरकारलाई सशर्त हस्तान्तरण गरिएको थियो । हाल सो खण्डमा कालोपत्रेका लागि बेस बिच्छ्याउने काम भैरहेको र चालू आव. भित्र सम्पन्न निर्माण कार्य सम्पन्न हुने देखिएको छ ।
गाईबाँधे–जोगबुडा खण्डः यस खण्डमा पूर्वाधार विकास कार्यालय डडेल्धुराबाट आ.व.२०७५र०७६ मा ५.५ कि मि सडक कालोपत्रे का लागि ठेक्का सम्झौताभएर काम अगाडि बढेको छ । जोगबुडा–खजुरानी खण्डःकरिब ४ किमि दूरी रहेको यो खण्ड र बुडर–जोगबुडाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको छ । सलौन–चिरकिट्टे खण्ड आ.व. २०७६÷०७७ मा सलौन–चिरकिट्टे खण्डको ट्रयाक खोल्ने काम सम्पन्नभएको छ । यश खण्डमा आ.व. २०७६÷०७७ मै सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएसकेको र चालू आर्थिक बर्षमानिर्माणको काम अगाडि बढ्ने मन्त्रीबोहराको सचिवालयले जानकारि दिएको छ । डडेल्धुराको आधा जनसंख्या रहेको भित्रिमधेश वासिले आफ्नै जिल्लाभित्रको सडकबाट सदरमुकाम सम्मको यात्रागर्न पाउने छन् । चिरकिट्टे–घटाल–आइतबार–कीर्तिपुरखण्ड यस खण्डअन्तर्गत चिरकिट्टे–घटाल–आइतबजार खण्डमा स्तरोन्नतिका लागि काम अगाडि बढाउने तयारी भैरहेको छ । आइतबारदेखि झुरकाली हुँदै कीर्तिपुरसम्म यसै आर्थिक वर्षबाट कालोपत्रे सडक निर्माण गर्ने गरी अगाडि बढाउन मन्त्री बोहोराबाट स्थलगत निरीक्षण पछि निर्देशन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्