ट्यांकर त्रिशूलीमा खस्दा आगलागी «

ट्यांकर त्रिशूलीमा खस्दा आगलागी

गजुरी-आइतबार बिहान २ः३० बजेको समयमा गल्छी गाउँपालिका–६ सुत्केरीढुंगा नजिक पृथ्वी राजमार्गबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशूलीमा खस्दा ट्यांकरमा आगलागी भएको थियो । ना ४ ख २८२२ नम्बरको ट्यांकर अम्लेखगंजबाट पेट्रोलियम पर्दाथ बोकेर काठमाडांै जाँदै गर्दा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
चालक हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका सुदीप बोहोरा घटना घटेको निकै समयपछि सम्पर्कमा आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । ट्यांकर सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदीको पानीमा डुब्न पुगेकाले थप क्षति हुनबाट बचेको निरीक्षक पाण्डेले बताए । त्रिशूली नदीमा डुबेको ट्यांकरको आगो निभाउनु धुनिबेसी नगरपालिकाबाट दमकल ल्याएर निभाएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरू पहलमा आगलागी नियन्त्रणमा ल्याएको थियो । ट्यांकर त्रिशूली नदीले केही तलसम्म बगाएको छ । ट्यांकर त्रिशूली नदीमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्