नेकपा म्याग्दीका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीलगायतले पीडितलाई राहत वितरण गरेका हुन् । पहिरोस्थलको अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य थापाले बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले उनीहरूलाई पुनःस्थापनाका लागि स्थानीय वडा र पालिकाले जग्गा व्यवस्थापन गरे संघीय सरकारमार्फत आवास पुनर्निर्माणमा पहल गर्ने बताए ।
पहिरो पीडितलाई राहत वितरण

म्याग्दी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित फगामका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकका कारण भूमिगत पहिराले उच्चजोखिममा परेका २२ घर परिवारलाई नेकपाले राहत वितरण गरेको हो ।
जिल्लामा आइपरेको बाढी र पहिरोबाट पीडित भएकाका लागि पार्टीका नेता तथा कार्यकर्ताबाट सहयोग संकलन गरी फगामका २२ घर परिवारलाई ४ हजारका दरले ८८ हजार राहत उपलब्ध गराइएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताए । वडाध्यक्ष नरसिंहबहादुर पुर्जाका अनुसार फगाममा रहेका ७४ घरमध्ये अधिकाँश पहिरोको चपेटामा परेका छन् । बस्तीदेखि तलबाट भूमिगत रूपमा चलेको पहिरो गाउँको शिरमा रहेको भीरसम्मै पुगेको र जमिन फाट्ने र घर चिरिने समस्या बढिरहेकाले फगामलाई स्थानान्तरणका लागि आवश्यक तयारी सुरु भएको बताए । पहिरोका कारण फगाममा रहेका ७४ घरधुरीमध्ये १७ घर विस्थापित, ९ घर उच्च जोखिममा र ३८ घरमा सामान्य क्षति पुगेको छ ।