Logo

एनआरएनए अध्यक्षद्वारा शंखमूल पार्कको सरसफाइ

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट नेतृत्वको एक टोलीले संघको निर्माणाधीन शंखमूलपार्क परियोजनाको स्थलगत अवलोकन र सरसफाइ गरेकोे छ ।
सरसफाइका क्रममा एनआरएनए अध्यक्ष भवन भट्टले निर्माणको अन्तिम चरणमा पुगेको शंकमूलपार्क आगामी अक्टोबर ११ मा रहेको एनआरएनए डेको अवसरमा हस्तान्तरण गरिने बताए । उनले सचिवालय सदस्य, पदाधिकारी र स्वमसेवकलाई सरसफाइ अभियानमा सहभागी भएकोमा धन्यवाद दिएका थिए । शनिबार संघका पदाधिकारी र सचिवालय कर्मचारीको सहभागितामा सरसफाइ गरिएको थियो । परियोजना निर्माणको अन्तिम चरणमा पुगेको जनाउँदै संघ अध्यक्ष भट्टले एनआरएनएको महत्वपूर्ण परियोजना मध्येको शंखमूलपार्क निर्माण छिटो सम्पन्न गर्न तदारुकता देखाएको कारण समयमा सम्पन्न भएको बताए । परियोजनाअन्तर्गत निर्माण गरिने बगैंचालगायत निर्माणका सबै कार्य उच्च गुणस्तरको, राम्रो र थप आकर्षक बनाउन संघले नियमित अनुगमन र निर्देशन दिएको थियो ।
केही दिनभित्र विशष कार्यक्रमको आयोजना गरी निर्माण सम्पन्न गरिएको घोषणा गर्ने तयारी रहेको संघले जनाएको छ । संघमा भट्टको नेतृत्वमा नयाँ कार्यसमितिले बनेपछि परियोजनाहरूको बाकी काम सम्भव छिटो सम्पन्न गर्न र नयाँ कार्यक्रमहरू अघि बढाउन तदारुकता देखाएको थियो ।
शंखमूलको परियोजनाको सरसफाइमा संघका अध्यक्ष भट्टलगायत संस्थापक अन्य पदाधिकारीहरू र सचिवालयका कार्यकारीको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्