आधुनिक पानीघट्टबाट सहजै जीविकोपार्जन «

आधुनिक पानीघट्टबाट सहजै जीविकोपार्जन

सल्यानको शिद्द कुमाख गाउँपालिका ढोरचौरकी विमला रेउलेले पानी घट्ट सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी छन् । परम्परागत रूपमा पानीघट्ट सञ्चालन गर्दै आएकी उनले हाल सुधारिएको पानी घट्ट सञ्चालन गरेपछि मासिक २० हजार आम्दानी गरी जीवन गुजारा गर्न सफल भएकी हुन् ।सल्यानको शिद्द कुमाख गाउँपालिका ढोरचौरकी विमला रेउलेले पानी घट्ट सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी छन् । परम्परागत रूपमा पानीघट्ट सञ्चालन गर्दै आएकी उनले हाल सुधारिएको पानी घट्ट सञ्चालन गरेपछि मासिक २० हजार आम्दानी गरी जीवन गुजारा गर्न सफल भएकी हुन् ।विमलाले सानो उद्योगअन्तर्गत अहिले घट्ट सञ्चालन गरेर स्थानीयलाई सेवामात्रै दिएकी छैनन् आफ्नो आधारभूत आवश्यकता पूरा गर्न र परिवार धान्नका लागि मद्दतसमेत पुगेको बताइन् । “एक वर्ष अघिदेखि सञ्चालन गरेको सुधारिएको पानीघट्टबाट राम्रै आम्दानी हुने गरको छ,” उनले भनिन्, “स्थानीयवासीलाई सहज हुनुका साथै आम्दानीको स्रोत पनी बनेको छ ।”परम्परागत रूपमा घट्ट सञ्चालन गर्दा गर्मी मौसममा खोलाको पानी सुक्ने भएकोले घट्ट सञ्चालन गर्न कठिनाइ भए पनि अहिले सुधारिएको घट्ट सञ्चालन गरेपछि बाह्रैमास त्यस्तो समस्या नरहेको उनी बताउँछिन् ।यसरी कुटानि पिसानी गरेवापत एक पाथी अन्न अथवा १५ रुपैयाँ लिने गरेको उनले बताइन् । यसरी आएको रकमबाट आफूलाई चाहिने लत्ता कपडा र अन्य आवश्यक सामग्री खरिद गर्न सहज भएको उनको भनाइ छ । विमलाजस्तै जिल्लाको शारदा नगरपालिका–६ सामाराका देवीलाल यरीले पनि सुधारिएको घट्ट सञ्चालन गरेर जीवन निर्वाह गरिरहेका छन् । उनले साना उद्योगअन्तर्गत सुधारिएको पानीघट्ट सञ्चालन गरेर अहिले मासिक २५ हजार आम्दानी गरेको बताए । “पहिले आर्थिक अवस्था कमजोर थियो, पैसा कमाउनलाई भारत जाने गरेको थिएँ, तर अहिले सुधारिएको पानीघट्ट सञ्चालन गरेर अरुलाई सेवा  दिएको छु र परिवारको आवश्यकता पूरा गर्न पनि सजिलो भएको छ,” उनले भने । प्रविधिको विकाससँगै सल्यानका अधिकांश भागमा आधुनिक घट्टको प्रयोग भएका  छन् । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसले अझै पनि घट्टबाट नै कुटानी पिसानी गर्ने गरेको देख्न सकिन्छ । तर पछिल्लो समयमा बिजुली बत्तीको विस्तारसँगै घट्टको संख्यामा कमी आएको छ । अहिले सल्यानका विभिन्न स्थानमा करिब २० वटा सुधारिएको घट्ट सञ्चालनमा छन् । बढ्दो आधुनिकतासँगै सहरबजारमा पानी घट्टको प्रयोग हुन छाडे पनि बिजुली नपुगेका गाउँबस्तीमा भने घट्टको लोकप्रियता घटेको छैन । स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्नका लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर गहुँ, मकै पिस्ने गरेको शारदा नगरपालिका–६ की स्थानीय रेखा यरीको भनाइ छ ।घट्ट चलाउने व्यक्तिलाई घटेरो भन्ने गरिन्छ । अन्न पिसेवापत घटेरोहरूले त्यही अन्नबाट ज्याला निकालेर बिहान बेलुकाको छाक टार्ने गर्दछन् । त्यहाँ रहेका पानी घट्टमा कोदो, फापर, गहुँ, चामल, मकैलगायतका अन्न पिस्नका लागि आसपासका बस्तीदेखि मानिस आउने गरेका छन् । नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको पानीघट्ट चलाउन न बिजुली चाहिन्छ न त खर्चिलो भयो भनेर डराउनु पर्छ । पानीको फोहोराबाट सजिलै पानीघट्ट चलाउन सकिन्छ । पछिल्लो समय बढदो प्रविधिको प्रयोगसँगै यस्ता पानी घट्टलाई स्थानीय तहले संरक्षण गरी आधुनिकतातर्फ लग्न सके स्थानीयलाई सहज हुनुका साथै स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्न मद्दत पुग्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्