पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी «

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी

पोखरा-पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा ७ मतको झिनो अन्तरले दामु अधिकारी निर्वाचित भएका छन् । समामवेशी प्यानलमार्फत चुनावी मैदानमा उत्रिएका उनले लोकतान्त्रिक समूहका रवीन्द्रबहादुर प्रजूलाई ७ मतको अन्तले पराजित गरेका हुन् ।
अधिकारीले १ हजार ४ सय ७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रजूले १ हजार ४ सय ७१ मत प्राप्त गरे । ३ हजार ३ सय ७७ मतदाता रहे पनि शनिबार भएको मतदानमा २ हजार ९ सय ८६ अर्थात ८८.५ प्रतिशत भत खसेको थियो । अध्यक्षको पदमा ३७ भोट भने मतदाताले मतदान गर्न गए पनि उक्त पदमा भोट नहालेकाले ३७ भोट नो भोट भएको निर्वाचन कमिटीका सहसंयोजक राजेन्द्र बाटाजुले बताए । बाँकी सम्पूर्ण पदाधिकारीमा लोकतान्त्रिक समूहका उम्मेदवार विजयी बने भने समावेशी प्यानलमा ६ जना सदस्य निर्वाचित भएका हुन् ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा २ जनासहित ४६ जना प्रतिस्पर्धामा थिए । अध्यक्षमा रवीन्द्रबहादुर प्रजू लोकतान्त्रिक समूह र दामु अधिकारी समावेशी व्यवसायी समूहको प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका प्रजूलाई कांग्रेसको समर्थन थियो भने अधिकारीलाई नेकपाको समर्थन थियो ।
प्रजू प्यानलका पदाधिकारी सहितका एक जना सदस्य सुरेशबहादुर श्रेष्ठ बाहेक सबैले शपथ ग्रहण बहिष्कार गरेका थिए । संघमा पहिलो पटक भोटिङ मेसिन प्रयोग गरेकाले गर्दा मेसिनमा केही त्रुटि भएकाले आफूहरूले शनिबार बेलुका शपथ ग्रहण नगरेको संघका नव निर्वाचित महासचिव अर्जुन पोख्रेलले बताए । उनले भने, “हामीले पहिलोे पटक भोटिङ मेसिन प्रयोग गर्दा नयाँ अभ्यास भएकोले गर्दा उक्त मेसिनमा केही त्रुटि भएकै छ, यद्यपि संघको हितका लागि हामी मिलेर जानुको विकल्प छैन ।” आफूहरू छलफल गरी संघ र व्यवसायीको हितका लागि एक भएर अघि बढ्ने उनले जनाए ।
संघको वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका नारायण कोइराला विजयी भए । उद्योगतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुबेदी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी गीता तिवारी गौतम पराजित भए । वाणिज्यतर्फको उपाध्यक्षमा पवन प्रजापति विजयी भएका छन् । महासचिवमा अर्जुन पोखरेल विजय भए भने उपमहासचिवमा चिनु गुरुङ विजय भइन ।
सदस्यहरूमा प्रजु प्यानलका बलराम आचार्य, केशवबहादुर खत्री, दिनेश चन्द्र बाँस्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी विजयी भएका छन् । सदस्यमा अधिकारी प्यानलबाट सोवित पौडेल, रुद्र लुइँटेल, नगेन्द्र सुवेदी विजयी भएका छन् । त्यसै गरी वस्तुगततर्फ प्रजु प्यानलबाट हरिराज पन्त विजी हँुदा अधिकारी प्यानलबाट तीन जना चिन्तामणि बाँस्तोला, तारानाथ ढुंगाना, र श्रीप्रसाद घले रहेकाछन। कर्पोरेट सदस्यमा भने प्रजु प्यानलकै दुई सदस्य हर्क अधिकारी र सुरेशबहादुर श्रेष्ठ विजयी भएका हुन् ।

रुकुमकोटमा मल्ल
रुकुम – रुकुम पूर्व नयाँ जिल्ला बनेपछि पहिलो पटक रुकुमकोट उद्योग वाणिज्य संघको पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट यज्ञप्रकाश मल्लको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा प्रकाश केसी, थमनराज बुढा, बयन बुढा र केशव थापा, महासचिव भरतबुढा मगर, सचिव केवेन्द्र गौतम, कोषाध्यक्ष नन्दविर सुनार छन् । त्यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले बजार व्यवस्थापन सहितका विभिन्न प्रस्तावमा छलफल गरी निर्णय पारित गरेको बन निर्बाचित अध्यक्ष मल्लले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्