Logo

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड

असोज ४ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’मा अवलोकनकर्ताको भीड लागेको छ । नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै सबै प्रदर्शकले छुटमा सामान उपलब्ध गराई छन् । जसका कारण एक्स्पोमा अवलोकनकर्ताको संख्या बाक्लो भएको हो ।
जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना भइरहेको एक्स्पोमा सामान किन्नेहरूको पनि उत्तिकै भीड लागेको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सञ्चालित एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरिरहेको छ । प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्रान्डका सयभन्दा बढी कम्पनीहरू सहभागी भएको एक्स्पोको तीन दिनसम्ममा ३० हजार बढीले अवलोकन गरेका छन् । ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरहरूको बृहत् प्रदर्शनीमा नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दसैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरू बिक्री वितरण भइरहेका छन् ।
एक्स्पोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरूलाई लक्की ड्र मार्फत आर्कषक उपहारसमेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्शसमेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्स्पोको अर्को आकर्षण बनेको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भीड लागेको एक्स्पोका संयोजक सुभेन्द्र जोशीले बताए ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण बनेका छन् । यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेसिनरी औजारका उत्पादनमा अवलोकनकर्ताको भीड देखिएको छ । एकै छानामुनी आफूलाई आवश्यक सबै उत्पादन खाज्नेहरूका कारण पनि एक्स्पोमा अवलोकनार्तको भीड देखिएको हो ।
प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराइँदै आएको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिङ, ग्लेनर डिलाइटरहेका छन् । एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।
एक्स्पो सोमबारसम्म चल्ने आयोजकले जनाएको छन् । उक्त अवधिसम्ममा ५० हजार बढी अवलोकनकर्ता एक्स्पो स्थलमा पुग्ने आँकलन छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रूपमा एक्स्पो आयोजना हुँदै आएको छ । 
आधुनिक प्रविधि प्रयोग गरेर घर, स्कुल, होटल तथा रेस्टुराँ आकर्ष डिजाइनमा निर्माण गर्ने डिजाइनर होमले फर्निचर एक्सपोमा विशेष छुटको दिएको छ । विभिन्न कम्पनीका डिजाइनलाई कोल्यावरेट गरेर काम गर्दै आएको डिजाइनर होमले एक्सोपमा इन्टेरिअर डिजानका लगि बुक गर्नेलाई निःशुल्क डिजाइन गरिदिनेछ । साथै डिजाइनर होमको प्रोडक्ट तथा सर्भिसमा २५ प्रतिशतसम्मको छुट पाइन्छ । डिजाइनर होमले काठका ठोका, झ्याल, सोफा तथा अन्य फर्निचर पनि तयार गर्छ । फर्निचर बजारमा आफ्नो कुनै प्रतिस्पर्धी नभएको दाबी डिजाइनर होमकी कार्यकारी निर्देशक पूजा रिमालले गरिन् । अरूसँग सहकार्य गरेर काम गर्ने गरेको उनको भनाइ छ ।
फिदर वेड
विलासी तथा आधुनिक बिछ्याउना बनाउने फिदर बेडले नेपाल मै स्प्रिङ म्याट्रेस उत्पादन गर्छ । मानिसले जीवनको एक तिहाइ समय बेडमा बिताउने भएकाले पनि धेरै महत्व राख्ने भएकाले बडे भन्ने बित्तिकै आरामदायी हुुनुपर्छ भन्ने मान्यता विदर बेडको छ । कच्चा पदार्थ आयात गरेर नेपालमा नै निमार्ण हुने बेड खरिद गर्दा ७ देखि १२ वर्षसम्मको ग्यारेन्टी रहेको फदर बेडका सञ्चालक अंकित लोहियाले बताए । उसको लक्षित वर्ग होटल भए पनि पछिल्लो समयमा घरहरूमा पनि प्रयोग हुन थालेको उनी बताउँछन् । फिदर बेडका उत्पादनको फिनिसिङ राम्रो हुनुका साथै ग्यारेन्टी पिरियड पनि भएकाले बजारमा प्रतिस्पर्धी नभएको उनको दाबी छ । आयाती वस्तुहरूको तुलनामा फिदर बेडका सामग्री सस्तो समेत छन् । अर्डर गरेको धेरैमा १५ दिनसम्ममा डेलिवरी दिने गरेको फिदर बेड अहिले आफ्नो उत्पादन विस्तारमा केन्द्रित छ ।

लुम्बिनी कोइर इन्डस्ट्रिज
फर्निचर एन्ड फर्निसिङ क्षेत्रमा आफलाई अलग्गै स्थापना गर्न सफल लुम्बिनी कोइर इन्डस्ट्रिजका बेड तथा फर्निचर एक्स्पोमा किन्दा २५ प्रतिशतसम्म छुट पाइन्छ । कम्पनीको म्याट्रेस तुलनात्मक रूपमा धेरै मूल्यका भएकाले पनि एक्स्पोमा आउने ग्राहकले खरिद नगरेको कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख विजय शर्माले बताए । “हामीसँग सबै लेभलको म्याट्रेस छ तर, अन्य कम्पनीहरूसंग माथिल्लो लेभलको मात्र उत्पादन भएको हुनाले पनि लुम्बनी कोइले रवराइज्ड, स्प्रीङ लगायतका म्याट्रेस उतपादन तथा बिक्री वितरण गर्दै आएको छ ।” आफ्ना म्याट्रेस आरामदायीत हुनुका साथै स्वास्थका लागि पनि फाइदाजना रहेको शर्माको भनाइ छ । यो कम्पनीका उत्पादन नेपालका जुसुकै स्थानमा पनि उपलब्ध रहेको छन् ।

सम्मान इन्टरनेसल बिजनेस
भारतीय ब्रान्ड विन्दलका उच्च गुणस्तरका म्याट्रेसको आधिकारिक विक्रेता सम्मान इन्टरनेसनल प्रालिले फर्निचर एक्स्पोमा १५ देखि ३५ प्रतिशत छुटमा म्याट्रेस बिक्री बितरण गरिरहेको छ । ‘वल्र्ड क्लास प्रोडक्ट अन एफोर्डेबल प्राइस’ भन्ने नाराका सम्मानले वैत्रानिक अवधारण अनुरूप उच्च गुणस्तरीय सामानको प्रयोगबाट विन्दलले उत्पादन गरेका म्याट्ररेस नेपाली उपझोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
विन्दल कोइरका प्रमुख कार्यकारी अधिकृत विशाल अग्रवालले नेपाल र नेपालीलाई लक्षित गरी उत्पादन गरिएका म्याट्ररेस आर्थिक, स्वास्थ्य र प्रयोगका आधारमा उपभोक्ता सन्तुष्ट हुने दाबी गरे । नेपाली बजारमा आफ्ना उत्पादन लोकप्रिय बन्दै गएको अवस्थालाई हेरेर कारोबार रकममा केही बढोत्तरी भए पछि सम्मान इन्टरनेसनलले विन्दल ब्रान्डका म्याट्ररेस नेपालमा नै उत्पादन गर्नका लागि प्लाण्ट जडान गर्ने योजना समेत बनाएको छ ।

बेस्ट इन्टेरियर
बेस्ट इन्टेरियरले विशेष गरी किचेनका लागि आवश्यक सामग्रीको सजावट गराउनुका साथै बिक्री विवरण पनि गर्दै आएको छ । कम्पनीले अन्य कम्पनीको तुलनामा रबर फ्लोरीङ्घ, एसपिसी, सोलिड उड तथा पार्केटिङ काम गर्छ । वेस्टले घरमा प्रयोग हुन नसकेको सानो स्पेसलाई पनि प्रयोगमा ल्याइ आकर्षक बनाउन सहयोग गर्छ । कम्पनीले उत्पादन गर्ने अधिकासं सामग्री नेपाली रहेको कम्पनीका प्रबन्ध निर्देशक हिरा महर्जनले बताए । त्यसका साथै कम्पनीले सम्पूर्ण घर तथा अफिसको सजावट पनि गर्छ ।
फर्निचर एक्स्पोमा वेस्ट कम्पनीमा सामग्री खरिद गर्दा १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था छ । वेस्टले अन्य कम्पनीसँग नभएको समान ल्याएर कलर कम्बिनेसनदेखि लाइफ ग्यारेन्टी गरेर काम गर्दै आएको महर्जनको भनाइ छ । नेपालका मध्यमवर्गलाई लक्षित गरेर सामग्री उत्पादन गरेको बेस्टले तयारी समान मात्र नभई घरमै गएर पनि सेवा दिदै आएका छ । त्यसका साथै कम्पनीले एकै किसिमका नेट र पर्दा पनि बिक्री गर्छ ।

एक्जोटिका फर्निचर
भर्खरै मात्र सञ्चालनमा आएको एक्जोटिका फर्निचरले एक्स्पोमा सामान्य प्रदशर्नीका लागि मात्र उपस्थिती जनाएको छ । एक्स्पोमा सर्वसाधारणको सहभागीताले भने निकै उत्साहित देखिएको एक्जोटिले सोचेभन्दा पनि एक्स्पो फरक भएको अनुभव बटुलेको सञ्चालक रितेस जजोडियाले बताए । आफूहरूले नसोचेको रूपमा बिक्री अर्डर आएको बताउने जसोडियाले रेडिमेट फर्निचर भारतबाट ल्याएर नेपालमा बिक्री गर्छन् । बजार राम्रो भएको खण्डमा आफ्नै कम्पनी स्थापना गर्ने योजनामा रहेका जासोडिया अहिले सिसौको काठबाट बनेका होम फर्निचर आयत गर्छन् । त्यसका साथै कम्पनीले सोफा, वेड भने नेपालमै बनाउँछ । सिसौका काठलाइ ट्रिटमेन्ट गरेर मात्र्र फर्निचर बनाइने उनले बताए । अलिहे कम्पनीसँग डाइनिङ र सोफामा धेरै भेराइटी छ । आगामी दिनमा कम्पनीले रेस्टुराँका लागि पनि फर्निचर उत्पादन तथा आयात गर्ने योजना बनाएको छ । अहिले काठमाडौंमा मात्रै बिक्री वितरण भएको कम्पनीले फर्निचर एक्स्पोमा समान खरिद गर्दा ३५ प्रतिसतसम्म छुट दिएको छ ।

बालाजी इन्टेरियर
बालाजी इन्टेरीयरले गोदरेज इन्टेरियर, एक्सटन, एलिडार र ईजी गरेर विभिन्न चार ब्रान्डमा फर्निचरका सामग्री उत्पादन गर्दौ आएको छ । यसले घर, अफिस, अस्पताललायतका लागि आवश्यक फर्निचर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यसका साथै कम्पनीले कुर्सी तथा अफिस टेबलसमेत उत्पादन गर्दै आएको छ । एक्स्पोमा कम्पनीले उत्पादन गरेका रेक सामग्रीमा २५ प्रतिशतसम्ममा छुट रहेको कम्पनीका सञ्चालक मयङक केडियाले बताए । गुणस्तरीय उत्पादन र प्रभावकारी सेवा दिने भएकाले पनि भगवानका रूपमा रहेका ग्राहकको रोजाइमा परेको केडियाले बताए ।

प्रतिक्रिया दिनुहोस्