सनराइज बैंकद्वारा बाल संगठनलाई सहयोग «

सनराइज बैंकद्वारा बाल संगठनलाई सहयोग

 सनराइज बैंकको ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १ सय ८० जना बालबालिकालाई सहयोग सामग्रीहरू वितरण गरेको छ ।
बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरूलाई विविध सामग्रीहरू वितरण गर्दै आइरहेको छ । यस वर्ष पनि बैंकले आफ्नो ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा खाद्य सामग्री, जाडो महिनाका लागि लुगा, भाँडाकुँडा तथा तन्ना वितरण गरेको जनाएको छ । उक्त सामग्रीहरू बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकहरू ई. बच्छराज तातेड, ओमकृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरूले वितरण गरेका थिए ।
कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले, बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरूलाई विविध सामग्रीहरू वितरण गर्दै आइरहेकोमा यस वर्ष पनि बैंकको ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामग्रीहरू वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्