पहिरोमा पुरिएर दुईको मृत्यु «

पहिरोमा पुरिएर दुईको मृत्यु

हुम्ला-हुम्लाको चंखेली गाउँपालिका वडा नं. ५ नेप्कामा सुख्खा पहिरो आउँदा स्थानीय २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गाउँ नजिक रहेको ठूलो चट्टान एक्कासि फुट्दा गाउँ भन्दा १३ मिनेट टाढाको दूरीमा रहेको पोरीगाउँ भन्ने स्थानमा घटना भएको हो ।
मृत्यु हुनेमा २१ वर्षिया वसन्ती तामाङ्ग र अनिता तामाङ्ग रहेका छन् । त्यसै गरी घाइते हुनेमा अस्मिता तामाङ्ग, हिमन्त तामाङ्ग, युकेश तामाङ्ग र विनिता तामाङ्ग रहेका छन् ।
सदरमुकाम सिमिकोटभन्दा साढे ३ दिनको पैदलपछि मात्र पुग्न सकिने गाउँमा स्थानीय फलफूल खामु र दाउरा टिप्न गएका बालबालिका परेका छन् । शनिबारको दिन विद्यालय बिदा भएकोेले अभिभावकलाई सघाउन भनेर बालबालिका दाउरा र खामु टिप्न गएको बुझिएको छ । खामु टिप्दै गरेका अस्मिता तामाङ्गले ‘एक्कासि जमिन हल्लिएको र भूकम्प आएको महशुस गरेका थिए । केहीबेरमा उत्तरमा रहेको पहाडमा हेर्दा ढुंगाको पहिरो नै आफूतिर जोडले लड्दै आएको थाहा पाएको उनले बताए ।
गाउँमा खबर गरेपछि गाउँले खोजीमा गएको र २ जनाको मृत्यु घटनास्थलमा नै भइसकेको वडाध्यक्ष भैरवबहादुर तामाङ्गले जानकारी दिए । चारैजना घाइतेलाई सिमकोट स्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्