सेञ्चुरी बैंकको एटीएम सनराइज टावरमा «

सेञ्चुरी बैंकको एटीएम सनराइज टावरमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले धोबीघाट, ललितपुरस्थित सनराइज टावरमा शनिबारदेखि एटीएम सेवा सञ्चालनमा ल्याएकोे जनाएको छ । बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले संयुक्त रूपमा उक्त एटीएमको उद्घाटन गरेका थिए ।
उद्घाटनपश्चात् बैंकले ५१ वटा एटीएमबाट सेवा प्रदान गर्नेछ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरू र उपत्यका बाहिर ९१ शाखा र २ वटा एक्सटेन्सन काउन्टरहरू साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय २१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्