आईएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगारपालिका,धादिङबीच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरूको पशुपन्छी तथा कृषि बिमालगायत व्यक्तिगत दुर्घटना बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरापालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरे ।
उक्त सम्झौतापश्चात् नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो पशुपन्छी तथा बालिनालीको बिमा ढुक्कसँग आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालीकाले आफ्ना नगरवासीहरूको पशुधन, कृषि तथा नगराबासीहरको दुर्घटना बिमा गराई नेपालमा एक नमुना नगरापालिकाको रूपमा आफूलाई स्थापित गरेको छ । सोही अवसरमा नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले आफूले आफना नगरावासी कृषक दाजुभाइ तथा दिदी बहिनीहरूको पशुपन्छी, बालीनालीको बिमापश्चात् कुनै कृषक दाजुभाइ तथा दिदीबहिनीको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरूले आफ्नो सम्पत्तिको बिमा गरी ढुक्क भएर पशु,पन्छी पालनलयागत कृषिउपजमा व्यक्तिगत र व्यावसायिक रूपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रूपमा रहेर नगरावासीहरूलाई सेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।