टिपरको ठक्करबाट दुईको मृत्यु

जनकपुरधाम- धनुषामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । धनुषाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानीमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालक सहित अन्य एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी २५ वर्षिय विकार राय र २३ वर्षिय सचिन राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिपक साहले जानकारी दिए ।
पूर्वबाट पश्चिमबाट जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आईरहेको ना १ प ६१८९ नम्बरको ट्रिफरले ठक्कर दिदा मोटरसाईकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापनीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।