के युरोप अमेरिकी साङ्लोबाट मुक्त हुदैंछ ?

“युरोप लामो समयसम्म आफ्नो सुरक्षाका लागि अमेरिकामा निर्भर रहन सक्दैन,” फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले पेरिसमा आफ्नो पछिल्लो पटकको भाषणमा भनेका थिए । उनको यो भनाइ नयाँ होइन । यो जर्मन चान्सलर एंगेला मर्केलले मे महिनामा गरेको घोषणाको प्रतिध्वनि मात्रै हो । के फ्रान्स र जर्मनी समान पृष्ठमा छन् ? जुन महिनामा बेलायतसहित ८ युरोपेली मुलुकले ‘युरोपेली इन्टरभेन्सन फोर्स’ सिर्जना गर्ने विषयमा एक प्रस्ताव ल्याएका थिए । यद्यपि यी कदम स्थायी संरचना सहयोग र युरोपमा नेटोको नीतिहरूसँग मेल खाएको नदेखिएको विचार व्यक्त गरिँदै आएको छ । वास्तवमै इटाली र अन्य युरोपेली सदस्यहरूले आशंका व्यक्त गरेका छन् । अमेरिकाले यस किसिमको चासोलाई सकारात्मक रूपमा हेर्न नसक्ने भएकाले उनीहरूले यस किसिमको आशंका व्यक्त गरेका हुन् । यसका अतिरिक्त सुरक्षाको विषयमा फ्रान्स र जर्मनीबीचको मिलनले आर्थिक नीतिमा भिन्नताको सन्देश दिन सक्ने विषयलाई हामीले मथिङ्गलमा लिनुपर्छ ।
सुरक्षाको विषयमा म तीनवटा दृष्टिकोण सुझाउँछु : युरोपेली, अमेरिकी र विश्वव्यापी संरचनात्मक विचारधार ।
पहिलो दृष्टिकोण ः युरोपका सर्वाधिक शक्तिशाली मुलुकहरू फ्रान्स र जर्मनीको साम्राज्यवादी परम्परा रहेको छ । यी मुलुकले अमेरिकाबाट मुक्त हुने युरोपेली रणनीतिक स्वतन्त्रतता बनाइरहेका छन् । उनीहरूको यस किसिमको रणनीति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीतिका कारण सिर्जना भएको हो । उनका नीतिहरू भनेको अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारीहरुलाई घटाउने वा त्याग्ने नै हो । ट्रम्प प्रशासनले जलवायु सहकार्य र बहुपक्षीय क्षेत्रमा अमेरिकी प्रतिबद्धतालाई कम गर्दै लगेकाले पनि यो कुरा प्रमाणित भएको छ ।
इरानी परमाणु सम्झौता फिर्ता गर्ने र इरानमा व्यवसाय गर्ने युरोपेली फर्महरूलाई प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयले केन्द्रीकृत युरोपेली अवरोध देखा परेको छ । अमेरिकासँग युरोपेली आक्रोश जर्मनी र फ्रान्सले कतिपय आधिकारिक अवसरहरूमा देखाएको व्यवहारमा देखाएका छन् ।
अन्य युरोपेली मुलुकहरू भाइसगार्ड समूह, इटाली र अन्यले ईयूको आर्थिक र आप्रवासन नियमनको विरुद्धमा आफ्नो आवाज बुलन्द गर्दै आएका छन् ।
दोस्रो दृष्टिकोण भनेको परम्परागत रूपमा नेटोमा अमेरिकी वर्चस्व रहँदै आएको छ । उसले युरोपलाई आफ्नो आज्ञाकारी भएको हेर्न चाहन्छ । त्यसैले युरोप मुक्त भएको वासिङ्टन हेर्न चाहँदैन । ट्रम्प युगमा रणनीतिक रूपमा स्वतन्त्र भएको युरोप अमेरिकाका लागि घातक हुन सक्छ । यो भन्दा रूसप्रति ट्रम्पको खुला सोचले युरोप–रूसबीचको सम्बन्धलाई बलियो बनाउन सक्छ । यो अवस्थाले मस्कोप्रतिको नेटोको कडा अडान अमेरिकाका लागि पनि खतरनाक हुन सक्छ ।
रूस र टर्कीका मानिसको इतिहास युरोपसँग भएको म्याक्रोनल बताइसकेकमा छन् । उनले विशाल युरोपलाई स्विकार्नुपर्ने र यो युरोपेली संघभन्दा पनि ठूलो हुनुपर्ने उनले बताएका छन् ।
तेस्रो दृष्टिकोणले माथि उल्लेख गरिएका विचारहरू विवादास्पद भएको र यो विश्वव्यापी र संरचनात्मक विश्लेषणले देखाएको बताएको छ । विश्वव्यापी तहमा बृहत संरचनात्मक रूपान्तर अकाट्य निष्कर्ष भएको जस्तो मलाई लाग्छ ।
अमेरिका र युरोपले रणनीतिक सम्बन्धको आवश्यक सुधारका लागि प्रत्यक्ष रूपमा कुरा गर्नु निश्चित रूपमा पनि आवश्यक छ । यो नेटोको फ्रेमवर्क र युरोपले दाबी गरेको नयाँ स्वतन्त्रताभन्दा माथि हुनुपर्नेछ । उदाहरणका लागि अमेरिकाले युरोप–रूस सम्बन्धमा समन्वयात्मक विधिलाई समर्थन गर्ने विषय स्वीकार गर्नुपर्छ ।
फाबियो मासिमो-ग्लोबल टाइम्स