उद्योग वाणिज्य संघद्वारा बजार अनुगमन

धनकुटा– जिल्लामा दिनप्रतिदिन कोरोना भाइरस फैलँदै गएपछि धनकुटा उद्योग वाणिज्य संघले बजारमा खाद्य वस्तुको अवस्था सञ्चित वितरणलगायतका विषयमा आन्तरिक अनुगमन सुरु गरेको छ ।
धनकुटा उद्योग वाणिज्य संघले कोरोना भाइरसलाई समुदायस्तरमा फैलन नदिनका लागि धनकुटाका पसल तथा बजारमा उपभोग्य सामग्री खरिद तथा बिक्री गर्दा र बजारमा अत्यावश्यक काममा हिँडडुल गर्दा अनिवार्य सामाजिक दूरी कायम गर्न र मास्क लगाउनका लागि सहजीकरण गर्दै खाद्य वस्तुको अवस्था सञ्चित वितरणलगायतका विषयमा आन्तरिक रूपमा बजार अनुगमन गरेको हो । आन्तरिक अनुगमन तथा सहजीकरण अभियानमा धनकुटा उद्योग वाणिज्य संघले उपभोक्ता र व्यापारीले अहिले भोग्दै आएको समस्या र समाधानका बारेमा प्रत्यक्ष रूपमा छलफलसमेत गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।