पशु स्वास्थ्य विभागबाट आएको टोलीले गाउँपालिका भित्र रहेका कुकुरहरुमा रेविज विरुद्धको खोप लगाउने छ । गाउँपालिका भित्रका कुकुरहरुलाई अघिल्लो वर्ष पनि अभियानकै रुपमा खोप लगाएको थियो । प्रकोप फैलिने अवस्था आएपछि पुनः अर्को खोप पनि लगाउन लागिएको उनले बताए ।
कुकुरले टोक्दा ३ जनाको मृत्यु, उपचारमा विभागबाट टोली खटियो

दोलखा-कुकुरले टोक्दा दोलखाको मेलुङ गाउँपालिकामा ३ जनाको ज्यान गएको छ । मेलुङ गाउँपालिका वडा नं. ६ र ७ मा डेढ महिनाअघि कुकुरले टोकेका बिरामीको उपचारको क्रममा ज्यान गएको हो ।
कुकुरको टोकाइबाट घाइते भएका मेलुङ तीनपिप्लेका ३२ वर्षिय युवा रामचन्द्र भण्डारीको बुधबार उपचारको क्रममा पाटन अस्पतालमा ज्यान गएको थियो । अस्पतालले उनको मृत्यु रेविजकै कारण भएको पुष्टी गरेपछि यसअघि नै मृत्यु भएका २ जनाको पनि रेविजकै कारण ज्यान गएको अनुमान छ ।
एकै दिन सोही कुकुरले टोकेका वडा नं. ५ सुंगुरेका १५ वर्षिय सुरेश विक, बैतेश्वर गाउँपालिका घर भई मेलुङ मामाघर गएका ७ वर्षे बालक कुशल नेपाली उपचारका क्रममा अस्पताल लैजाने क्रममा बाटोमै ज्यान भएको थियो । मेलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कुशुम लामाका तलबाट माथितिर गएको कुकुरले बाटोमा भेटेका मानिसहरुलाई टोकेको थियो । गत असार २६ गते मेलुङ ५ र ६ का १० जनालाई टोकेको थियो ।
धेरै जनालाई एकै दिन टोक्ने कुकुरलाई स्थानीयले डाँडाखर्क पुगेपछि मारेका थिए । मृत्यु भएका विक बाहेक ९ जनाले स्थानीय मेडिकलबाट रेविज विरुद्धको खोप समेत लगाएका थिए । अन्य ७ जना घाइतेको अवस्था सामान्य रहे पनि गम्भिर विरामीहरुलाई अस्पताल लगिएको थियो । घाइतेहरुका परिवारलाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको छ । वडा अध्यक्ष लामाका अनुसार अन्य घाइतेहरुमा मानबहादुर तमाङ, रेलिमाइ तमाङ, मैयाँ तमाङ, जनार्दन पोखरेल, कालिका श्रेष्ठ, कृतिका श्रेष्ठ र भिमबहादुर श्रेष्ठ रहेका छन् ।
स्थानीय मेडिकलले गलत खोप लगाएका कारण घाइतेको ज्यान गएको भन्दै आफन्तले मेडिकल सञ्चालकको मेडिकल समेत तोडफोड गरेका छन् । स्थानीयको आक्रोस मेडिकल सञ्चालक विरुद्ध बढ्दै गएपछि बुधबारै मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई पक्राउ गरी चरिकोट ल्याएको छ ।
दोलखाको मेलुङ गाउँपालिकामा रेविज रोगको प्रकोप फैलिएपछि घाइतेको कन्ट्याक्ट टे«सिङ र उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने भएको छ । गाउँपालिकाको सामाजिक विकास समितिको बैठकले गाउँपालिकाको वडा नं. ५, ६ र ७ मा स्वास्थ्य टोली परिचालन गर्ने निर्णय गरेको समितिका संयोजक समेत रहेका गाउँपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिए ।
गाउँपालिकाले रेविजको प्रकोप थप फैलिन नदिनका लागि स्वास्थ्य विभाग र पशुस्वास्थ्य विभागलाई अनुरोध गरेर स्वास्थ्यकर्मीको टोली परिचालन गर्न लागेको उनले बताए । दुवै टोली विहीबार बेलुकीसम्म गाउँपालिका आइपुग्ने र शुक्रबारदेखि उपचार र अनुसन्धान थाल्ने प्रवक्ता थोकरले जानकारी दिए ।
स्वास्थ्य टोलीले घाइतेका सम्पर्कका व्यक्तिहरुको जाँच र रेविज विरुद्ध खोप लगाउने छन् । स्थानीय मेडिकलबाट लगाएको खोपको बारेमा समेत विभागबाट आएको टोलीले अनुसन्धान गर्ने उनले बताए । कुकुरले टोकेका घाइतेहरुको सम्पर्कमा एक सय जना जति छन् ।
त्यसैगरी पशु स्वास्थ्य विभागबाट आएको टोलीले गाउँपालिका भित्र रहेका कुकुरहरुमा रेविज विरुद्धको खोप लगाउने छ । गाउँपालिका भित्रका कुकुरहरुलाई अघिल्लो वर्ष पनि अभियानकै रुपमा खोप लगाएको थियो । प्रकोप फैलिने अवस्था आएपछि पुनः अर्को खोप पनि लगाउन लागिएको उनले बताए ।