वीरेन्द्रनगरले बाँड्यो दुई करोडको राहत

सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै दुई करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै एक करोड ९६ लाख ६३ हजार ६२३ रुपैयाँको राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।
कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले शुक्रबारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो । कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिइन् ।
नगरपालिकाले कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट छ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ रुपैयाँ बचत हुन आएको जनाएको छ ।