१३ हजार परिवार व्यापार व्यवसायमा

१३ हजार परिवार कृषि बाहेक व्यापार–व्यवसाय सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याकं अनुसार दाङमा १३ हजार २ सय ९४ परिवारले व्यवसाय गरेका देखिएको हो । जसमध्ये घरेलु उद्योगमा १७.९ प्रतिशत, व्यापारमा ५२, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा ९.६ र अन्य क्षेत्रमा ११.८ प्रतिशत रहेका छन् ।
तथ्यांकले उत्पादन भन्दा पनि व्यापारमा सक्रिय हुने संख्या बढी रहेको देखाएको छ । यस्ले जिल्लामा उत्पादन अवस्था कमजोर देखाउँछ । उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन् । सहरी क्षेत्रकापालिकाहरुमा बढी र ग्रामिण क्षेत्रका पालिकाहरुमा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्यांकले देखाएको छ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा २ सय १० परिवार व्यवसायमाम रहेका छन् ।
जसमध्ये घरेलु उद्योगमा २१.९ प्रतिशत, व्यापारमा ५०.५, यातायातमा २.९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३.८ प्रतिशत रहेका छन् । जिल्ला सदरमुकाममा रहेको घोराही उप महानगरपालिकामा ३ हजार ७ सय ८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन् । जसमा घरेलुतर्फ १४.८ प्रतिशत, व्यापारमा ५४, यातायात क्षेत्रमा ७.५, सेवा क्षेत्रमा ९.५ र अन्य क्षेत्रमा १४.२ प्रतिशत रहेका छन् । तुलसीपुर उप महानगरपालिकाका ३ हजार ७ सय ४८ परिवारले व्यवसाय गरिरहेका छन् ।
जसमा घरेलुतर्फ १४.९ प्रतिशत, व्यापारमा ५५.१, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा १०.४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा ६ सय ६० परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलु उद्योग क्षेत्रमा १४.८ प्रतिशत, व्यापारमा ४२.४, यातायातमा ११.२, सेवामा ६.४ प्रतिशत, अन्य क्षेत्रमा २५.२ प्रतिशत रहेका छन् । बबइ गाउँपालिकामा ४ सय ८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दगीशरण गाउँपालिकामा ५ सय ३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्यांकले देखाएको छ ।
यस्तै, लमही नगरपालिकामा १ हजार १ सय १४ परिवार व्यवसायमा आवद्ध रहेको पनि तथ्यांकले देखाएको छ । जसमा घरेलुतर्फ १८.७ प्रतिशत, व्यापारमा ५६.७, यातायातमा ९.४, सेवा क्षेत्रमा ९.२ र अन्य क्षेत्रमा ६ प्रतिशत रहेका छन् । व्यावसयामा आवद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका १ हजार ३ सय १८ परिवार रहेका छन् । जसमा घरेलु उद्योगमा २४.५ प्रतिशत, व्यापारमा ४८.३, यातायातमा ७.७, सेवामा ८.२, अन्य क्षेत्रमा ११.४ प्रतिशत रहेका छन् । गढवा गाउँपालिकामा व्यवसाय गर्नेको संख्या १ हजार ४ परिवार रहेका छन् ।
त्यसमध्ये घरेलुमा २८.४ प्रतिशत, व्यापारमा ४७.२, यातायातमा १०.९,सेवा क्षेत्रमा ५.८ र अन्य क्षेत्रमा ७.८ प्रतिशत रहेका छन् । राजपुर गाउँपालिकामा ४ सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलुतर्फ १२.८ प्रतिशत, व्यापारमा ४९.२, यातायातमा ८.४, सेवामा १५ र अन्य क्षेत्रमा १४.६ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा ९५ हजार ६ सय १६ परिवार व्यापार व्यवसायमा आवद्ध रहेको पनि तथ्याकंमा उल्लेख छ । जसमा घरेलुतर्फ २०.८, व्यपारमा ४९.३, यातायातमा ६.६, सेवा क्षेत्रमा ११.७ र अन्य क्षेत्रमा ११.७ प्रतिशत रहेका छन् ।