मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
यो कम्पनीको आईपीओ दुई लाख २६ हजार ४६५ जनाले २२ लाख ६४ हजार ६५५ कित्ता प्राप्त गरेका हुन् । आईपीओ प्राप्त गर्नेमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने दुई लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् ।
कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म २२ लाख ६४ हजार ६५५ कित्ता आईपीओ आईपीओ निष्कासन गरेको थियो । यो कम्पनीको आईपीओमा एक करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि १४ लाख २४ हजार ३५१ जनाले आवेदन दिएका थिए ।