Logo

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल

वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासका लागि विद्युतिय गाडीको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

नेक्सनइभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल काठमाडौंका सलिम श्रेष्ठ प्रथम भए भने ३३२ किमी रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो भए । त्यसैगरी ३२१ किमी रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहे ।

कार्यक्रममा सहभागीमध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सफल भएका थिए । सोही कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ इञ्चको सामसुङ स्मार्ट एलईडी टिभी जित्न सफल भए ।

त्यसैगरी दोश्रो स्थानमा रहेका भरत पुडासैनी र अनिश कावराले २८ लिटरको सामसुङ ओभेन जितेका छन् भने तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुङ भ्याकुम क्लिनर जितेका छन् । विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावकाबारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीप्रति ग्राहकको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्