झापामा १० जनाले नेपाली नागरिकता त्यागे

झापामा १० जनाले नेपाली नागरिकता त्यागेका छन् ।
२४ माघ २०७८ साल यता झापाका १० जना नेपाली नागरिकले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दयाकृष्ण ढकालले बताए । त्यस्तै हालसम्म दुई जना नेपाली नागरिकको नागरिकता रद्द गरिएको उनले बताए । बाह्य मुलुकमा पर्याप्त सम्भावना र अवसर देखेर नागरिकता त्याग्नेको संख्या बढेको उनको भनाइ छ ।
कानुनमा एक व्यक्तिले दुई देशको नागरिकता लिन नपाउने व्यवस्था भएकाले कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको उनले बताए ।