Logo

टुबोर्गको पहलमा स्टार आर्थर गन नेपाल आउँदै

२०२० माभएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को उपविजेता रहेका आर्थर गन् नामले चिनिने गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा यही महिना नेपाल ल्याइने भएको छ ।
आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।
सन् २०२० माअमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल १८औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढेको छ । प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् । जहाँ उनले बब डिलनको गर्ल फ्रम दनर्थ कन्ट्री र क्रीडेन्स् क्लियर वाटर रिभाइभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए । उनको प्रस्तुतीलाई सबै ३ निर्णायकले प्रशंसा गरेको थिए भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि इज द बेस्ट’ भनि प्रशंसा पनि गरेकी थिइन् ।
हालसम्म उनले ८ वटा गीत रहेको पहिलो एल्बम ग्रहण, २०१८ को शुरुवातमा रिलिज गरे र अर्को एल्बम खोज, २०१९ माम, खोज र कर्णालीलगायतका गीतसहित जारी गरेका छन् ।
विश्वभरका दर्शकबाट अपार माया र समर्थन पाएपछि आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एम.एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको छ जहाँ आर्थरले नेपालको विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्