Logo

फोहोर पानी प्रशोधन केन्द्र उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् ।
२०५३ सालमा गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणका कारण बागमती नदी र यसका सहायक नदीलाई उपत्यकाभित्र स्वच्छ, सफा, हराभरा र जीवन्त राख्न प्रशोधन केन्द्रको स्थापना भएको हो ।
नेपाल सरकारको १५औं योजना अनुसार प्रशोधनसहितको फोहोरपानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य छ ।
पशुपति क्षेत्रको वातावरणीय सुधारका लागि, पशुपति क्षेत्रको माथिल्लो तटीय क्षेत्रमा बागमती नदीलाई स्वच्छ, सफा बनाउन यसै परिसरमा तीन करोड २४ लाख लिटर प्रतिदिन क्षमताको फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ ।
समग्र काठमाडौं उपत्यका भित्र बागमती र यसका सहायक नदीहरुमा अत्यधिक प्रदुषण हुनु, नदी अतिक्रमण हुनु, नदी प्रणालीमा न्युनतम पर्यावरणीय बहाव कमी हुनु तथा जलचर र बनस्पति नासिँदै जानु जस्ता समस्याले गर्दा काठमाडौं उपत्यकाको सभ्यतामाथि चुनौती थपिइरहेको खानेपानीमन्त्री उमाकान्त चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्