Logo

तत्काल बाढीको ठूलो जोखिम नहुने

jiff{tsf] kfgL lxnfDd] ;8s vf]6fª, ^ ;fpg M jiff{tsf] kfgLn] lxnfDd] ag]sf] lbQm]n–vfdL{–af:kfgL–aflS;nf u|fdL0f ;8s . lhNnfsf] pQ/L If]q hf]8g] pQm u|fdL0f ;8sdf clxn] 6«ØfS6/afx]s cGo ;jf/L ;fwg ;~rfng x’g ;s]sf] 5}g . tl:a/ M s]bf/ du/÷/f;;

तत्कालका लागि बाढीको ठूलो खतरा नरहेको विज्ञहरुले बताएका छन् । मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहे पनि तत्कालका लागि बाढीको भने ठूलो खतरा नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
बाढी पूर्वानुमानविद् विनोद पराजुलीले तत्कालका लागि देशभर बाढीको ठूलो खतरा नरहे पनि सतर्कता भने अपनाउनुपर्ने बताएका छन् । “३ दिनसम्मको मौसमी पूर्वानुमानको अवस्थाको आधारमा विश्लेषण गर्दा अहिले तत्कालको लागि मुलुकको कुनै पनि स्थानमा बाढीको ठूलो खतरा छैन,” उनले भने, “तर पनि केही स्थानहरुमा डुुबान हुने र नदीको सतह बढ्न सक्ने खतरा भने छ । गत वर्षको तुलनामा अहिलेसम्म हेर्दा बाढीबाट धेरै क्षति नभए पनि अझै मनसुनको समय बाँकी रहेकाले सतर्क भने हुनुुपर्छ । बाढीसम्बन्धी पूर्वसूचना प्रवाहलाई बढी ध्यान दिइरहेका छांै ।”
गृह मन्त्रालयको तथ्यांकअनुसार गत वैशाख १ गतेदेखि यही साउन ६ गतेसम्म बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यसैगरी २९ परिवार प्रभावित भएका छन् । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल अवस्थित रहेकोले हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्