Logo

नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।
सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।
घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको परल मूल्यमा १ सय रुपैयाँमा प्रिमियम बापत ३ सय ३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैयाँको सेयरको प्रत्याभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्