मनाङमा पुग्यो बस

मनाङको सदरमुकाम चामेमा पहिलो पटक बस पुगेको छ ।
नेपाली सेनाले निर्माण गरेको लम्जुङ–बेंसीसहर–मनाङ सडक खण्ड २०६९ सालमा पूरा गरी सडक विभागलाई हस्तान्तरण गरेको थियो । मनाङमा हालसम्म मोटरसाइकल, जिम, साना फोरह्विल ट्रकमात्र सञ्चालन हुँदै आएकोमा पहिलो पटक सदरमुकाम चामेसम्म मिनी बस पुगेको हो ।
पहिलो पटक सदरमुकाम चामेसम्म मिनीबस पुग्दा सदरमुकाम आसपासका स्थानीय दंग परेका छन् । बस आइतबार सदरमुकाम चामे आएको वडा नं. ३ का वडाध्यक्ष राजु लामाले बताए । १० जना विदेशी पर्यटक र १८ जना नेपालीसहित २८ यात्रु लिएर बस चामे आइपुगेको थियो । बेंसीसहरबाट सदरमुकाम चामेसम्मको सडकको दूरी ६५ किलोमिटर छ ।