Logo

लमहीमा दिशा जन्य फोहोर व्यवस्थापन कार्य अझै सुरु भएन

दाङको लमही नगरपालिकाले दिशा जन्य फोहोर व्यवस्थापन परियोजना सुरु हुन सकेको छैन । नगरपालिकाले पहिले छनोट गरेको जग्गामा वन क्षेत्र पर्ने भएकाले नया स्थानमा जग्गा खोजि गर्नु पर्ने भएकाले ढिला भएको नगरपालिकाले जनाएको छ । पहिले नगरपालिकाले वडा नं ५ मा दिशा जन्य फोहोर व्यवस्थापनाका लागि संरचना निर्माण गर्ने भनेर अगाडि वढाइएकोे थियो ।
तर, उक्त स्थान वन क्षेत्र पर्ने भएकाले नया स्थानमा खोजी गरिएको परियोजनाका फोकर्ल पर्सन गायत्रीकुमारी थापाले जानकारी दिइन् । अहिले नगरपालिकाले वडा नं ३ मा जग्गा छनोट गरेको उनको भनाइ छ । अहिले वडा नं ३ मा रहेको ऐलानी जग्गा छनोट गरिएको उनले बताइन् । ‘नया स्थानमा जग्गाको खोजि गर्नु परेकाले काममा ढिला भएको हो’ उनले भनिन् । त्यसै गरेर कोभिड–१९ को कारण लामो समय सम्म लकडाउनको कारणले पनि यस कार्यमा थप ढिला हुन पुगेको उनको भनाइ रहेको छ । जग्गाको बारेमा टुङगो लागेपछि ठेक्का आह्वान गरिने भएको छ । फागुन महिनासम्ममा ठेक्का आवहान गरिने बताइएको छ । त्यसपछि कामले गति लिनेसमेत नगरपालिकाको अपेक्षा छ ।
नेपाल नगरपालिका संघको सहकार्यमा यस प्रकारको परियोजना सुरु गर्न थालिएको हो । यसका लागि लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच २०७५ पुस १० सम्झौता भएको थियो । नगरपालिका संघको सहकार्यमा देशभरका ५ वटा नगपालिका यस प्रकारको परियोजना सुरु गरिएको हो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाइ सम्बन्धिको कार्य नमुना परीक्षणका रूपमा अगाडि वढाइएको छ । लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिन नगरपालिका, भीमदत्त नगरपालिकामा यस प्रकारको परियोजना सुरु गरिएको हो ।

भौतिक निर्माणको काम केही समयपछि सुरु हुने फोकल पर्सन थापाको भनाइ रहेको छ । भौतिक निर्माणका लागि २ करोड रकम खर्च लाग्ने फोकल पर्सन थापाले बताइन । यसका लागि लमही नगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ मा बजेट विनियोजन गरिसकेको उनले जानकारी दिइन । डि पी आर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नुपर्ने छ ।
‘नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गरेको छ भौतिक संरचना निर्माण लमही नगरपालिकाले नै गर्ने छ,’ थापाले भनिन । निर्माण सुरु भएको करिब ६ महिनाभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइने भएको छ । परियोजनाले दिशा जन्य लेदो व्यवस्था गर्ने काम गरिने थापाको भनाइ रहेको छ । यस प्रकारको परियोजना सुरु भएपछि शौचालयको सेप्टी टयाङकीबाट निकालेर बाहिर फालिने फोहोरलाई व्यवस्थापन गर्ने सहज हुने भएको छ । यसले वातावरण सफा राख्न समेत सहयोग पुग्ने बताइएको छ । यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी ट्याङ्कीबाट निकालिएको फोहोर राखेर त्यसलाई ठोसमा परिर्णत गरिनेछ । जसलाई कम्पोष्ट मल बनाएर बिक्रीसमेत गरिने उनले बताइन् । ‘जसले आम्दानीको समेत समेत बन्ने छ,’ थापाले भनिन् ।
यस परियोजना सुरु भएमा फोहोर व्यवस्थापनमा सहत सहजता ल्याउने अपेक्षा गरिएको छ । ‘अहिले हरेक स्थानिय तहहरूलाई फोहो व्यवस्थानमा धेरै समस्या भोग्दै आएका छन् ’ फोर्कल पर्सन थापाले भनिन । पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ । अहिले घर घरवाट शौचालयको सेप्टी ट्याङ्कीबाट ल्याइएको दिशा जन्य फोहोर ल्यान फिड साइडमा व्यवस्थापन गरिने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले निजी क्षेत्रको सह कार्यमा दिशा जन्य फोहोर व्यवस्थापन गदै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्