Logo

देशकै पहिलो मदिरा निषेधित नगरपालिका

मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपािलकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका १४ वटै वडाहरूबाट महिला पुरुष युवा लगायत स्थानीयले उत्साहका साथ संस्कृति, बाजाझाँकीसहित कार्यक्रम गरेका थिए । नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महिनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ तथा वस्तीहरूमा नियमित प्रचारात्मक अभियान थालिएको कार्यक्रममा जानकारी गराईएको थियो । नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा कार्यक्रममा नगरपालिका भित्रका ५ हजार बढी सर्वसाधारणको सहभागिता थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नगरलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्दा उपस्थित सबैले ताली बजाएका थिए ।
घोषणा कार्यक्रममा वडाअध्यक्षको प्रतिनिधित्व गर्दै वडा नं ५ का वडाअध्यक्ष डम्बर बहादुर रावलले मदिराकै कारण समाज निनानु दिन अवनतितिर गएको र समाजमा महिला हिंसा,बाल विबाह,विकास दुरुपयोग,अनियमिता बढदै गएको महशुस गदै गत असोज १ गते बसेको नगर कार्यपालिकाले नगर क्षेत्रभरी नै मदिरा निषेध गर्ने र त्यसको घोषणा मंसिर १ गते गर्ने निर्णय गरे अनुसार घोषणा गरेको बताए ।
विगतका चाडवाड भन्दा यो बर्षका चाडवाड नगरबासीले खुशी र उल्लासमा मनाएको र यो अभियान कुनै व्यक्तिको नभएर समग्र जनता र सबैको अभियान भएको र यो अभियानमा सबै लाग्न प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएनु भयो ।
समाज रुपान्त्रणको अभियानलाई साथ दिन नगर क्षेत्रलाई विक्री क्षेत्र बनाएका नेपाल सरकारबाट मदिरा विक्रिका लागी ईजाजात प्राप्त २६ जना व्यवसायीहरूले आफना सक्कलै ईजाजत पत्र नगरपािलकालाई बुझाएको उद्योग बाणिज्य संघका उपाध्यक्ष रत्नसिंह मल्लले बताए कार्यक्रममा संघिय संसदमा सांसद गोपाल बहादुर बमले नगरपालिले मदिरा नियन्त्रण,व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि २०७५ छायानाथ रारा राजपत्र सार्वजनिक गरेका थिए ।
मदिरा पिडितहरूको प्रतिनिधित्व गदै छायाँनाथ रारा नगरपािलका वडा नं १ श्रीनगर गाँउकी नन्दकला मल्लले आफूले १८ वर्षमा विहे गरेको विहाको १० बर्ष नवित्दै श्रीमानको मदिरा सेवन कै कारण कलेजोमा क्यान्सर भएर मृत्यु भएको र साथमा रहेका ४ बच्चाको कठिन सामना गदै पालन पोषण गरेको आशु झादै सुनाइन् । कार्यक्रममा नगरपालिका ३ तुम गाँउँका स्थानीय केशर रावलले विगतमा मदिरा सेवन गरेकोमा पस्चाताप गदै १२ बर्ष भन्दा लामो समयसम्म रक्सी सेवन गर्दा धन,ईन्जत सबै गुमेको र आफना बाल बच्चाले राम्रो शिक्षा नपाएको र आर्थिक रुपमा आफनो परिवार कमजोर हुदै गएको बताए । उनले नगरपािलकाले घोषणा गरेको आजैको दिनबाट मदिरा सेवन छोडेको घोषणा गरे ।
हिजोे कुनै बेला कर्णालीक्षेत्रका मान्छे नै होईन, भन्ने हेर्ने सस्कार अझै छ त्यस्तो मनोविज्ञान भएकालाई र सिंगो मुलुकलाई कर्णाली प्रदेशको मुगुबाट देश कै पहिलो मदिरा निषेधित नगरपािलका घोषणा गरेर केन्द्र सरकारलाई चुनौती दिएको उनले बताए । स्वर्ग भने कै कर्णाली हो जहाँ भगवानका बासस्थान छायाँनाथ,चन्दननाथ जस्ता प्रसिद्ध तीर्थस्थल रहेको मुख्यमन्त्री महेन्द्र शाहीले बताए । उनले कर्णाली प्रदेशमा मानिस कासाका थाल,कासाका भाडा ,तामाका भाडामा मार्सी चामल खाने क्षेत्र भए पनि संघीय सरकारको उपेक्षाले क्रमशः कणाली गरिव भएको धारणा राखे । अब अधिकार स्थानीय र प्रदेशमा रहेकाले आफ्नै कार्यकालका समुन्नत प्रदेश बनाउने भन्दै उनले समुन्नत कर्णाली, सुखी कर्णालीवासी बनाउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकार लागेको बताए ।

-दानबहादुर बुढा

 

प्रतिक्रिया दिनुहोस्