पाँचदिन बितिसक्दा पनि खुलेन सूचना अधिकारीको कार्यकक्ष

दानबहादुर बूढा
मुगु-कनकासुन्दरी गाउँपालिकाको सूचना अधिकारीले सूचना नदिएको बन्दै स्थानीय युवाहरुले गाउँपालिकाको सूचना अधिकारीको कार्यकक्षामा गत बिहीबार लगाएको ताला मंगलबारसम्म पनि सूचना अधिकारीको कार्यकक्षा खुलेको छैनन् ।
विश्व महामारि कोरोना भाइरस कोभिड–१९ को आ.व २०७६।०७७ को स्थानीय तहबाट, प्रदेश, संघ सरकारबाट आएको रकम कुन–कुन क्षेत्रमा खर्च भयो कति रकम प्राप्त भएको साथै गाउँ पालिकाको ०७६।०७७ को कुल बजेटको खर्चको विवरण सूचनाको हकअनुसार असोज २६ गते दिएको निवेदनलाई कुनै पनि सुनुवाइ नगरेपछि बाध्य भएर पहिलो चरणमा सूचना अधिकारीको कार्य कक्षामा बन्द गराएको कनका सुन्दरी गाउँपालिकाका स्थानीय युवा बद्रीबहादुर बोहोराले बताएका छन् ।
असोज २६ गर्ते सूचना माग गर्दा गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले सबै सूचना उपलब्ध गराउर्ने बाचा गराएका थिए तर एक महिना बितिसक्दा पनि कुनै सुनुवाइ नगरेको देखियो । साथै कोभिड–१९ को बजेट निकै दुरुपयो गरेको जनमानसमा गुनासो आएको छ । सामान्य एउटा कपडाको माक्सको ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्य बराबरको बिल पेस गरेको र माक्स सिलाउने व्यक्तिले समेत रुपैयाँ नपाएको तर गाउँपालिकाबाट बजेट निकासा भएको देखिन्छ यस्तै–यस्तै अन्य गाउँपालिकाको वार्षिक बजेटमा पनि अनियमित भएको हुँदा सूचना माग गर्दा सूचना नदिएपछि सूचना अधिकारीको कार्य कक्षामा ताला बन्दी गरेको बरमबहादुर शाहीले बताएका छन् ।
अहिलोका सूचना अधिकारी आ.व ०७६।०७७ का निमित्त प्रमुख प्रशासकीय अधिकारी थिए । गाउँपालिकाको वार्षिक बजेट, कोरोनाको रकम कुन–कुन क्षेत्रमा खर्च भयो भन्ने मलाई थाहा छैन । असारमा आफू हाजिरी भएको हुँ बीचमा दसैं– तिहार भएपछि सूचना अधिकार घर गएको हुँदा सुूचना दिन नसकिएको हो । अब तिरुन्तै सूचना अधिकारीसँग बसेर स्थानीय युवाहरुले मागेका सूचना उपलब्ध गराउर्ने र सूचना अकिकारीको कार्य कक्षा सञ्चालनमा ल्याउने प्रयास गरिरहेका कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बूढाले बताएका छन् ।