Logo

वडाध्यक्षले बनाए आफ्नै लगानीमा झरना

तेह्रथुम – पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आठराई गाउँपालिका–२ खाम्लालुङका वडाध्यक्ष दिल कुमार पाहिमले आफ्नै लगानीमा झरना निर्माण गरेका छन् । उनले आफ्नो तलब र भत्ताको रकमबाट साफेवाखोलाको पानी प्रयोग गरेर मैयायक (चिल बस्ने) नामक झरना बनाएका हुन् । मैयायक भिरमा बनाइएको झरना तीन सय मिटर अग्लो छ ।
झरनाको सम्भावना भएको उक्त स्थानमा यसअघि श्रोतको अभावमा पानी ल्याउन नसकिएको खोरुङदेन सामुदायिक होमस्टे खाम्लालुङका अध्यक्ष सृजना लामा फोम्बोले बताइन् । “यसका लागि कहिँ कतैबाट पनि बजेट नआएकोले झरना बनाउने स्थानीयको चाहना अपुरो थियो । वडाध्यक्षले आफ्नो तलब भत्ताबाट पानी ल्याउने घोषणा गरेपछि झरना निर्माण गर्न सफल भइयो,” उनले भनिन् । वडाध्यक्षले आर्थिक श्रोत उपलब्ध गराएपछि स्थानीयबासीको सहभागितामा झरना तयार भएको हो ।
खाम्लालुङको हाङपाङ–बाझोघरा सडक खण्डले छोएको यो झरना सदरमुकाम म्याङलुङबाट ५२ किलोमिटर र पाँचथरको फिदिमबाट ४३ किलोमिटरको दूरीमा पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्