तीर्थयात्रीलाई स्वादिष्ट भोजनको व्यवस्था «

तीर्थयात्रीलाई स्वादिष्ट भोजनको व्यवस्था

काठमाडौं-मधुवन फुडले भारत, चीन र नेपालबीचको सहकार्यमा कैलाश यात्रामा जाने यात्रुलाई ‘सात्विक’ भोजन उपलब्ध गराउने भएको छ । कम्पनीका एसोसिएसन अफ कैलाश टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमित प्रताप गुप्ताले सहकार्यमार्फत भोजन उपलब्ध गराउने भएका हुन् । विगत लामो समयदेखि कैलाश मानसरोवर यात्राले नेपाल इकोनमीलाई सहयोग गर्दै आएकोे छ । श्रेष्ठ र गुप्ताले खाना, वासस्थान तथा यात्रुको सहजीकरणका लागि विभिन्न योगदान गर्दै आएका छन् ।
चाइना इन्डिया तीर्थ यात्रा सेवा केन्द्र (सीआईपीएसई) का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले सहकार्यको मुख्य उद्देश्य तीर्थयात्रीलाई राम्रो सेवा, प्राकृतिक र स्वस्थ्य खानेकुरा प्रदान गरेको बताएका छन् । वानले भने, “तीर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ । यो चीन, नेपाल र भारतबीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पु¥याएको छ ।” विगतमा समयमा तीर्थयात्री स्वयंमले खाने, बस्ने व्यवस्था मिलाउनुपर्ने बाध्यता थियो र अब निकै सजिलो भएको छ ।
गत वर्ष, करिब २० हजार तीर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए । यो वर्ष विगत १० सातादेखि निरन्तर चलिरहेको यात्रामा मधुवनले ६७ सय यात्रुलाई खानाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्